देवगीर, पाल्पा । माथागढी गाउँपालिकाको रत्न माध्यमिक विद्यालय झडेवा पाल्पामा खाना महोत्सव तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको बार्षिक कार्यतालिका बमोजिम आयोजित उक्त खाना महोत्सवमा विद्यार्थीहरुले ८ वटा स्थलमा विभिन्न प्रकारका स्थानीय परिकारहरु बनाएर विक्रि गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि माथागढी गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले स्थानीय खाना महोत्सवले स्थानीय खानाको प्रवर्धन, स्थानीय सीप विकास, बालबालिकाहरुमा सिर्जनात्मक क्षमताको विकास हुने बताउनु भयो ।

यस्तै विद्यालयका प्रधानाध्यापक निर बहादुर सारुले विद्यालयको शैक्षिक गुणस्तर संगसँगै यस्तै नविनतम अतिरिक्त क्रियाकलाप विद्यालयमा सञ्चालन भएको र निरन्तरता दिने प्रतिबद्धता गर्नु भयो ।

पालिका भित्रका जनप्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा विद्यार्थीहरुले सँस्कृति झल्काउने खालका विभिन्न नृत्य मार्फत आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए ।