भुवन सिंजाली
पूर्वखोला, पाल्पा । गाउँपालिकाबाट प्रवाह हुने सेवा र जनताको आवश्यकतालाई मध्ये नजर गर्दै पूर्वखोला गाउँपालिकाले विभिन्न सेवा घरदैलोमा दिएको छ । पालिकाले घुम्ती शिविर नै संचालन गरि वडा नं. ५ विरकोटमा घरदैलोमै विभिन्न सेवाहरु प्रवाह गरेको हो ।

घुम्ति शिविरमा गाउँपालिकाले प्रशासन तर्फ २० वटा योजना सम्झौता र २० वटा उपभोक्ता समितिलाई बैंक खाता खोल्न सिफारिस गरेको प्रशासन शाखाका प्रमुख विनोद नेपालले बताउनु भयो । यस्तै ९४ जना जेष्ठ नागरिकलाई परिचयपत्र वितरण गरेको सामाजिक विकास शाखाका मन बहादुर सारुले जानकारी दिनु भयो ।

३८ वटा व्यवसाय नविकरण भएको र त्यसबाट ३७ हजार ६५० राजस्व संकलन भएको राजश्व शाखाका शेर बहादुर थापाले बताउनु भयो । स्वास्थ्य सेवा तर्फ ८३ जनाले ओपिडि सेवा, भिआईएबाट महिलाहरुको पाठेघरको मुखको क्यान्सर पहिचान गर्नेमा १७३ जनाले सेवा लिएकोमा १ जनालाई संक्रमित सम्भावना देखिएको थियो । यस्तै २० जनाले ल्यापको सेवा र १ जनालाई अपांगता परिचयपत्र वितरण गरिएको थियो ।

डाक्टर सुरज भन्डारी, अनमि प्रतिभा घर्ती मगर र चन्दा चलाउनेबाट सेवा दिएको र स्वास्थ्य कर्मचारिहरुबाट निशुल्क औषधी वितरण गरिएको पूर्वखोला स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताउनु भयो ।

पशु शाखाबाट ८५ जना सेवाग्राहीहरुको २२६५ वटा पशु चौपायालाई जुका माटे खुरेत लगाएको र पूर्वखोला पशु शाखाका प्रमुख धन बहादुर दर्लामीले औषधी वितरण गर्नु भएको थियो । कृषि शाखा अन्तरगत १० जना कृषकको ३० वटा माटोको परिक्षण गरेकोमा २ र ४ वटामा माटोमा हल्का अम्लिएपन देखिएकोले कृषि शाखाका शेर बहादुर बुढाले कृषकहरुलाई कृषि चुन प्रयोग गर्न सल्लाह सुझाव दिनु भएको छ।

शिक्षा शाखा तर्फ गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापा र उपाध्यक्ष भागिरथि भट्टराईले कक्षा ११ र १२ का छात्रा छात्रवृत्ति २७ जनालाई र अभिभावक विहिन ४ जनालाई शैक्षिक सामाग्री र नगद छात्रवृत्ति वितरण गर्नुभए भयो । भूमि तथा घरजग्गा सेवा अन्तरगत ५ जनालाई छुट भएको कित्ता थप, घर गोठ कुन कित्तामा छ थाहा पाउन, कुन कित्ताको जमिन कति क्षेत्रमा छ, आवसिय, कृषि, औधोगिक क्षेत्र कुन कुन हुन जस्ता विषमा अमन चौधरिले जानकारी गराउनु भयो ।

वैदेशिक रोजगार अन्तरगत विदेशमा मृत्युु हुने र घाइते हुँदा पाउने सेवा सुविधाका र प्रक्रियाका सम्बन्धमा एवं विदेश लैजाने बाहनामा कसैले पैसा खाइदिएमा काहा कसरी सम्पर्क गर्ने जस्ता विषयमा १२ जनालाई रोजगार सेवाका भुपेन गाहाले प्रशिक्षण गर्नु भएको थियो । यस्तै उक्त शिविरमा २० वटा उपभोक्ता समिति र २५ जनालाई व्यक्तिगत खाता खोल्न आवश्यक कागजपत्र तयार गरेर सेवा दिएको ग्लोवल आईएमइ बैंक पूर्वखोला शाखाका म्यानेजर नारायण शर्माले जानकारी दिनु भयो ।

घुम्ति शिविरमा पुर्वखोला स्वास्थ्य शाखाका प्रमुख मोहन ढकालले घुम्ति सेवा प्रभाह गर्नुका उद्देश्य माथि प्रस्त पार्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले सबै स्थानीय जनताले गाउँपालिका र जिल्लाबाट हुने सेवालाई घरदैलोमा सेवा लिन पाउनु जनताको अधिकार भएकोले सोही अनुसार सिहदरबारको अधिकार घर घरमा पुर्याउने सरकारको लक्ष्य अनुसार पूर्वखोला गाउँपालिकाले पनि घरदैलोमा थप सेवा सुविधा दिएको बताउनु भयो । उहाँले पालिकाले अहिले के गरिरहेको छ र भोलि के गर्न चाहन्छ जानकारी गराउने ,जनताको सल्लाह सुझाव लिने र थप जनता मुखि आर्थिक, सामाजिक, भौतिक, शैक्षिक, स्वास्थ्य तथा खानेपानी लगाएको क्षेत्रमा काम गरिरहेको उल्लेख गर्नु भयो । गाउँपालिकाले हरेक वर्ष घुम्ती शिविर संचालन गर्दै आएको र आउने वर्ष पनि संचालन गर्ने समेत बताउनु भयो ।

उपाध्यक्ष भागिरथि शर्मा भट्टराईले महिलाहरु विभिन्न कारणले गर्दा शारीरिक मानसिक रुपमा रोगि हुने र रोगको समयमै जाँच नगर्दा भोलि जटिल खालका रोग लाग्न सक्ने र आर्थिक, मानसिक, पारिवारिक समस्या व्यहोर्नु पर्ने बाध्यता हुने हुँदा अहिले नै रोगको पहिचान गरी औषधीहरु प्रयोग गर्न गराउन यो घुम्ति शिविरबाट औषधीहरको समेत व्यवस्थापन गरिएको बताउनु भयो ।

शिविरबाट ८० वर्षिय मान बहादुर सारुले जेष्ठ नागरिक परिचयपत्र प्राप्त गर्नु भएकोमा खुशी व्यक्त गर्नु भयो । गणपति माद्यामिक विद्यालय कक्षा १० मा पढ्ने अभिभावक विहिन सुरक्षा थापाले गाउँपालिकाले विद्यालयमै पुगेर वर्ष दिनलाई पुग्ने गरि शैक्षिक सामाग्री र नगद दिएकोमा धन्यवाद व्यक्त गर्दै आफ्नो पढाइलाई थप राहत भएको र निरन्तरता दिने बताउनु भयो ।

पूर्वखोला गाउँपालिकाका प्रशासकीय अधिकृत राजु नेपालले विभिन्न सेवा लिन गाउँपालिका आउँदा केही न केही कागजपत्र छुट भएर सेवाग्राहीहरु फर्कनु पर्ने अवस्था हरेकोमा घुम्ती शिविर संचालन गरि सबै सेवा घरदैलोमा दिन पाउँदा आफुलाइ पनि एउटै परिवारको सदस्य जस्तो लागेको बताउनु भयो । उहाँले केही काम परे जुनसुकै समयमा पनि फोन गर्न र कहि कतै कमि कमजोरी भए सल्लाह सुझाव दिन अनुरोध गर्नु भयो । शिविरमा सेवा लिन आउने सेवाग्राहिहरुले सेवा दिनु हुने सबै जनप्रतिनिधि र कर्मचारीहरुलाई धन्यवाद दिएका थिए ।