पूर्वखोला, पाल्पा । पुर्वखोला गाउँपालिकाले सेवा ग्राहिहरुलाई साँझ ७ बजेसम्म सेवा दिएको छ। नेपाल सरकारको प्रशासन संचालन एन अनुसार मंसिर १५ गते देखि माग १५ गतेसम्म २ महिना जाडोमा १० बजेदेखि अपरान्ह ४ बजेसम्म कार्यालय संचालन गर्ने व्यवस्था भए पनि जनतालाई घरदैलोमा सेवा दिने उद्देश्यले घुम्तिसेवा दिँदा ४ नम्बर वडा देवीनगरमा साँझ ७ बजेसम्म सेवा दिएको हो।

गाउँपालिकाले प्रशासन तर्फ १४ वटा योजना सम्झौता १७ वटा उपभोक्ता समितिलाई बैंक खाता खोल्न सिफारिस , २ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरेको प्रशासन शाखाका प्रमुख विनोद नेपालले बताउनु भयो । योजना सम्झौता गर्न स्थलगत अध्ययन गरि आवश्यक स्टेटमेन्ट देवीनगर वडाका सवइन्जिनियर घनश्याम ठाडा, गाउपालिकाका इन्जिनियर लक्ष्मण न्यौपाने र देवेन्द्र थापाले प्रमाणित गरिदिनु भएको थियो ।

६७ वटा व्यवसाय नविकरण २ वटा नयाँ दर्ता, ४ वटा बन्द गराएको सामाजिक सेवाका मन बहादुर सारुले जानकारी दिनुभयो । ७३ वटा व्यवसाय दर्ता नविकरणबाट ५४ अजार २४० रुपिया राजश्व संकलन भएको राजश्व शाखाका शेर बहादुर थापाले बताउनुभयो ।

स्वास्थ्य क्षेत्रमा ६२ जनाले ओपिडि सेवा भिआईएबाट महिलाहरुको पाठेघरको मुखको क्यान्सर पहिचान गर्नेमा ३९ जनाले सेवा लिएकोमा १ जनालाई संक्रमित सम्भावना भएको, ४ जनाको पाठेघर खसेकोमा ३ जनालाई रिङ राखेको, १ जनालाई शारीरिक व्यायाम गर्न सल्लाह दिएको, ६ जनाले परिवार नियोजन इमप्लान्ट सेवा प्रदान गरिएको थियो । डाक्टर सुरज भन्डारी, अनमि प्रतिभा घर्ती मगर, चन्दा चलाउनेबाट सेवा दिएको र स्वास्थ्य कर्मचारिहरुबाट निशुल्क औषधी वितरण समेत गरेको पूर्वखोला स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताउनु भयो ।

पशु शाखाबाट ७७ जना सेवाग्राहीहरुको १ हजार १ सय ८८ पशु चौपायालाई पुर्वखोला पशु शाखाका प्रमुख धन बहादुर दर्लामी र देवीगर वडाका पशु प्राविधिक कृष्णा रायमाझीले जुका, माटे, खुरेत लगाएको औषधी वितरण गर्नु भएको थियो ।

कृषि शाखा अन्तरगत ९ जना कृषकको २० वटा माटोको परिक्षण गरेकोमा १ र २ वटामा हल्का अम्लिएपन देखिएको र अरु राम्रो रहेकोले कृषि शाखाका शेर बहादुर बुढा देवीनगर वडाका कृषि प्राविधिक अमृता भट्टराईले कृषकहरुलाई कृषि चुन प्रयोग गर्न सल्लाह सुझाव दिनु भएको छ।

शिक्षा शाखाबाट कक्षा ११ र १२ का छात्रा छात्रवृत्ति १५ जनालाई जनही ३ हजारका दरले, ४५ हजार अभिभावक विहिन प्रावि तहलाई, १ जनालाई ५ हजार मावि तहलाई र ३ जनालाई ९ हजारको दरले २७ हजार गरि जम्मा ७७ हजारको शैक्षिक सामाग्री र नगद गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापा र उपाध्यक्ष भागिरथि भट्टराईले वितरण गर्नुभएको थियो ।

भुमि सेवा अन्तरगत १५ जनालाई छुट भएको कित्ता थप , घर गोठ कुन कित्तामा छ थाहा पाउन , कुन कित्ताको जमिन कति क्षेत्रमा छ , आवासीय, कृषि , औधोगिक क्षेत्र कुन कुन हुन जस्ता सेवा अमन चौधरिले दिनुभएको थियो ।

रोजगार सेवाका भुपेन गाहाले १२ जनालाई वैदेशिक रोजगार अन्तरगत विदेशमा मृत्युु घाइते हुदा पाउने सेवा सुविधाहरु कसरी पाउन सकिन्छ के के कागजपत्र आवश्यक पर्छ , विदेश जादा के के कुरामा ध्यान दिनु पर्छ । विदेश लैजाने बाहनामा कसैले पैसा खाइदिएमा काहा कसरी सम्पर्क गर्ने जस्ता सेवा दिनुभयो ।

१५ वटा उपभोक्ता समिति २५ जना व्यक्तिगत खाता खोल्न आवश्यक कागजपत्र तयार गरेर सेवा दिएको ग्लोवल आईएमइ बैंक पुर्वखोला शाखाका म्यानेजर नारायण शर्माले जानकारी दिनुभयो । १५ वटा विभिन्न उपभोक्ता समूह, संस्था , वडा कार्यालय , पसलको स्ट्याम छाप बनाइ सेवा दिएको छ।

घुम्ति शिविरमा पुर्वखोला स्वास्थ्य शाखाका प्रमुख मोहन ढकालले घुम्ति सेवा प्रभाह गर्नुका उद्देश्य माथि प्रस्त गरिदिनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि पुर्वखोला गाउपालिकाका अध्यक्ष नुन बहादुर थापाले सबै स्थानीय जनताले गाउपालिका जिल्लाबाट हुने सेवालाई घर आँगनमा सेवा लिन पाउनु जनताको अधिकार हो । त्यही अनुसार सिहदरबारको अधिकार घर घरमा पुर्याउने सरकारको लक्ष्य अनुसार पुर्वखोला गाउँपालिकाले पनि वडामा थप सेवा सुविधा दिएको बताउनु भयो । अध्यक्ष थापाले गाउँपालिकाले अहिले के गरिरहेको छ । भोलि के गर्न चाहन्छ जानकारी गराउने, जनताको सल्लाह सुझाव लिने र थप जनता मुखि आर्थिक, सामाजिक, भौतिक, शैक्षिक, स्वास्थ्य , खानेपानीको लगाएको क्षेत्रमा काम गर्ने र यो शिविर गाउँपालिका भरि संचालन हुने समेत बताउनु भयो ।

उपाध्यक्ष भागिरथि शर्मा भट्टराईले महिलाहरु विभिन्न कारणले गर्दा शारीरिक मानसिक रुपमा रोगि हुने र रोगको समयमै जाँच नगर्दा भोलि जटिल खालका रोग लाग्नाले आर्थिक मानसिक पारिवारिक समस्या व्यहोर्नु पर्ने बाध्यता हुने हुदा अहिले नै रोगको पहिचान गर्ने र औषधी गर्न गराउन यो घुम्ति शिविरबाट सेवा लिन डाक्टर र औषधीको समेत व्यवस्थापन गराएको बताउदै सेवा लिन आग्रह गर्नु भयो ।

बिविरमा ८५ वर्षिय मान बहादुर घर्तिले जेष्ठ नागरिक परिचयपत्र प्राप्त गर्नु भएकोमा खुसि व्यक्त गर्नु भयो । समाङसिङ धापखोला मोटरबाटो स्तरउन्नति उपभोक्ता समितिका अध्यक्ष मेघराज दर्लामीले वडामै योजना सम्झौता बैंक खाता छाप पशुका लागि औषधी, माटो परिक्षण लगायतका सबै सेवा उपलब्ध गराएकोमा गाउँपालिकालाई धन्यवाद दिनु भयो ।

महिलाको स्वास्थ्य परिक्षण नजिकैको स्वास्थ्य चौकिमा गर्न पाएको साथै निशुल्क औषधी समेत पाएपछि अब नियमित रुपमा स्वास्थ्य परिक्षण गराउछु र स्वास्थ रहन्छु भन्दै सावित्रा बिकले खुशी व्यक्त गर्नु भयो ।

बोलिपोखरा मोहकाल पालिका पउचमार्ग मोटरबाटो स्तरउन्नति उपभोक्ता समितिका अध्यक्ष प्रेम बहादुर बारघरेले बैंकसंग धेरै काम नजानेकोले बैंक खाता खोल्न नपाएको भन्दै सहजिकरण गरिदिन आग्रह गर्नु भयो । पूर्वखोला गाउँपालिकाका प्रशासकीय अधिकृत राजु नेपालले अहिले हरेक सिफारिस, दर्ता चलानी जस्ता सवै कामहरु अनलाइनबाट गरिने बताउनु भयो ।