पुर्वखोला, पाल्पा । गाउँपालिका उपाध्यक्ष भागिरथी भट्टराईले पेश गर्नु भएको विभिन्न प्रस्तावहरु सर्वसम्मत पारित गर्दै पुर्वखोला गाउँपालिका गाउँसभाको १८ औ विशेष अधिवेशन सम्पन्न भएको छ।
गाउँपालिकाका अध्यक्ष तथा गाउँसभा अधिवेशन कार्यक्रमका अध्यक्ष नुन बहादुर थापाको अध्यक्षतामा सभाको एक तिहाइ सदस्यहरुबाट विशेष अधिवेशन गर्नु पर्ने माग बमोजिम विशेष अधिवेशन बारे जानकारि दिदै बैठकको कार्यसुचि प्रस्तुत गर्नुभएको थियो ।
गाउँपालिकाका उपाध्यक्ष भागिरथी शर्मा भट्टराईले पेस गर्नु भएको खल्लुक भन्ज्याङ विर्ता बजार मोटरबाटो योजनालाइ १२ लाख ३४ हजार ४ सय ७३ रुपियाँ, गत वर्षको भुक्तानी बाकी ८ लाख ३ हजार ३ सय ४९ रुपैयाँ, नगर प्रहरी संचालन तथा व्यवस्थापन कोष ६ लाख, डोजर संचालन तथा व्यवस्थापन कोष ७ लाख, प्रशासकीय भवन जाने बाटो ६ लाख सवारी साधन खरिद ७ लाख जल्पा वडा भवन २ लाख प्रशासकीय भवन व्यवस्थापन ५ लाख गरि जम्मा ५३ लाख ३७ हजार ८ सय २२ रुपैया मध्य निर्माण कार्य सम्पन्न भएको २ वटा आयोजनाको भुक्तानी दिने प्रस्तावहरु सर्वसम्मत पारित भएको छ ।

यस्तै बाकिको आयोजनालाइ बजेट विनियोजन गर्ने, नगर प्रहरी व्यवस्थापन कार्यविधि २०८२ बाल संरक्षण निति २०८२ कृषि तथा पशुपंछि फम दर्ता कार्यविधि २०८२ बाल मैत्री स्थानीय शाशन कार्यन्वयन निर्दिशिका २०८२ हेभि मेशिनरि औजार संचालन तथा व्यवस्थापन कार्यविधि २०८२ भदौ २३ र २४ गते जेनजिको प्रदर्शनमा मृत्युु हुनेहरु प्रति शोक प्रस्ताव समेत सर्वसम्मत पारित भएको छ।
गाउँपालिकाका प्रवक्ता तथा देविनगर वडाका अध्यक्ष मेहर सिं थापाको स्वागत मन्तव्यबाट सुरु भएको सभामा गाउँसभाका सदस्य बासुदेव न्यौपाने, भुवन सिंजालि, सावित्रा थापा, समुन्द्रा भारती, रविन कुमार श्रेष्ठले लगायत ले जिज्ञासा र सुझाव व्यक्त गर्नुभएको थियो । सभाका सदस्यहरुको जिज्ञासा् र सुझावलाई सभाका अध्यक्ष नुन बहादुर थापा सचिव राजु नेपालले सम्बोधन गर्नु भएको थियो ।