पाल्पा । तिनाउ गाउँपालिका-२, पाल्पा गणेशटोलमा रहेको गणेश सामुदायिक वन उपभोक्ता समूहक २१ ओैं वार्षिक साधारणसभा शुक्रबार दोभानमा सम्पन्न भयो ।
सभामा समूहका अध्यक्ष लालकुमार श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन र चालू आर्थिक वर्षको कार्ययोजना पेश गरेका थिए । साथै समूहका कोषाध्यक्ष विष्णु थापाले आ।व। २०८१र०८२ को हरहिसाव र चालू आर्थिक वर्षको आर्थिक योजना पेश गरे ।
साधारणसभाका प्रमुख अतिथि तिनाउ गाउँपालिका प्रवक्ता यादवप्रसाद अर्यालले गणेश सावउसबाट समूहका उपभोक्ताहरुले आर्थिक,सामाजिक फाईदा लिएको बताए । वनको विकासका लागि वनकै उपभोक्ता सचेत र सक्रिय हुनुपर्नेमा उनको जोड थियो ।
सभाका विशिष्ट अतिथि सामुदायिक वन समन्वय समिति, तिनाउका अध्यक्ष दलबहादुर गुरुङले गणेश सामुदायिक वनको संरक्षण,प्रवर्द्धन र वनको सहि सदुपयोगका लागि समूहको गतिशीलता अनिवार्य रहेको बताउँदै उपभोक्ताको आर्थिक विकास,समूहको क्रियाशीलता र सशक्तीकरणका लागि समूहको भूमिका उल्लेखनीय रहने सुनाए ।
सो सभामा समूहका संस्थापक अध्यक्ष पदमलाल शाक्य,छिमेकी सिस्नेरी सावउसका उपाध्यक्ष यज्ञ खराल, मिलीजुली बचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्ष रेनुका लम्साललगायतले समूहले गरेका प्रगतिशील कार्यहरुलाई प्रशंसा गरेका थिए । सभामा समूहका सदस्यकी छोरी अंकिता पाण्डेयले १२ कक्षामा ३।६ जिपिए ल्याई उत्कृष्टता हासिल गरेकोमा नगद रुपैयाँले सम्मान गरिएको थियो ।
सभाको सञ्चालन सचिव लक्ष्मी श्रेष्ठ र स्वागत समूहकी उपाध्यक्ष पूजा रजालीले गरेकी थिईन् ।