भुवन सिंजाली
पुर्वखाेला, पाल्प । पूर्वखोला गाउँपालिका वडा नम्बर ४ देवीनगर पाल्पामा उपभोक्ता समितिका पधाकारिहरुका लागि क्षमता विकास तालिम सम्पन्न भएको छ।

उपभोक्ता समितिलाई आयाेजना संचालन , गुणस्तरीय रुपमा कार्य सम्पन्न, आर्थिक पारदर्शिता तथा फरफारक लगायतका विषयहरुमा दक्ष बनाउने उद्देश्यले वडा कार्यालयकाे सभाहलमा संचालन गरेको तालिममा पुर्वखाेला याेजना शाखाका प्रमुख विनोद नेपालले शहरीकरण गर्नु भएको थियो । उहाँले उपभोक्ता समिति गठन प्रक्रिया कसरी गर्ने , आयाेजना सम्झौता गर्दा आवश्यक पर्ने कागजपत्र, सम्झौता कसरी हुन्छ तथा पेस्की रकम कसरी माग गर्ने भन्ने विषयमा सिकाउनु भएको थियो ।

गाउँपालिकाका इन्जिनियर लक्ष्मण न्याैपाने र सवइन्जिनियर देवेन्द्र थापाले आयाेजना स्थलगत अध्ययन कसरी गर्ने , कुन कुन भागको स्टेटमेन्ट कसरी गरिन्छ , निर्माण काम गर्दा गुणस्तरीय सामान कसरी चिन्ने र प्रयोग गर्ने , स्टेटमेन्ट अनुसार काम गर्ने , निर्माण भएकाे संरचनाकाे मुल्याकन कसरि हुन्छ भन्ने विषय प्रशिक्षण गर्नु भएको थियो । यस्तै लेखाशाखाका लेखापाल दिपक कवरले आयाेजना भुक्तानी गर्दा आवश्य पर्ने कागजपत्र तथा भ्याट बिल आवश्यक पर्ने सामग्रीको बारेमा जानकारी दिनु भएको थियो । उहाँले राजस्व के हाे, कुन कुन क्षेत्रमा कति कति प्रतिशत राजेश्वर काटिन्छ, भ्याट विल कसरी चिन्ने , सामाग्री दुवानिकाे भरपाइ डाेजहाजिरि कसरी तयारी गर्ने , खर्च सार्वजनिक कसरी गर्ने भन्ने विषयमा सहजिकरण गर्नु भएको थियो ।

तालिमका प्रमुख अतिथि पुर्वखाेला गाउँपालिकाका उपाध्यक्ष भागिरथि भट्टराईले क्षमता विकास तालिमले उपभोक्ताहरुलाई आयाेजना संचालन गर्न र प्रशासनिक काम गर्न सहज हुने उल्लेख गर्नु भयो । विकास निर्माणले गर्दा स्थानीय बासिन्दाहरुलाई आर्थिक, सामाजिक, भाैतिक, शैक्षिक, स्वास्थ र खानेपानी लगाएको सुविधा पुगेको अताउनु भयो । उहाँले यस वर्षको आयाेजना र कार्यक्रमहरु छिटो सकाउन अनुरोध गर्दै आवश्यक परेको बेला गाउँपालिका सधै साथमा रहेने बताउनु भयो ।

गाउँपालिकाका प्रशासकिय अधिकृत राजु नेपालले आयाेजना संचालन गर्दा उपभोक्ताकाे सहभागी हुनु पर्ने , गुणस्तरीय सामानकाे प्रयोगर गर्नु पर्ने , विल भरपाइ सहि सफा हुनु पर्ने , आम्दानि खर्चकाे हिसाब किताब पारदर्शिता हुने पर्ने बताउदै कुनै उपभोक्ता पधाकारिले गल्ती गरे कानुनी कार्यवाही हुने हुदा उपभोक्ताले ध्यान दिएर काम गर्न अनुरोध गर्नु भयो ।

देवीनगर वडामा यस आर्थिक वर्षमा वडा कार्यालय , गाउँपालिका, प्रदेश सरकार र संघ सरकारकाे गरि ४७ वटा आयाेजना कार्यक्रमहरु रहेका छन ।

तालिममा ५८ जना उपभोक्ता समितिका पधाकारिहरुकाे सहभागीता रहेको थियो ।देवीनगर वडाका सचिव तेजि सरा थापाकाे संचालन र वडा अध्यक्ष मेहर सिं थापाकाे अध्यक्षतामा तालिम सम्पन्न भएको थियो ।