होम राई मगर
निस्दि, पाल्पा । निस्दी गाउँपालिका पाल्पामा एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली सम्बन्धी दुई दिने कार्यशाला सम्पन्न भएको छ ।

शिक्षा, युवा तथा खेलकुद शाखाको व्यवस्थापन र निस्दी गाउँपालिका पाल्पाको आयोजनामा कार्यशाला सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले विद्यालयलाई पारदर्शी र व्यवहारिक बनाउनका लागि तालिम महत्त्वपूर्ण रहने बताउनुभयो । त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर चितौरेलाई तालिममा सिकेका ज्ञान र सीपलाई प्रयोगमा ल्याउन र विद्यालयमा सहजीकरण गर्न सुझाव दिनु भएको थियो ।

एकीकृत सूचना प्रणालीलाई व्यवस्थापन गर्न, इमीसमा शैक्षिक तथ्यांक प्रविष्ट र अद्यावधिक गर्ने उद्देश्यले कार्यशाला सन्चालन गरिएको शिक्षा संयोजक नर बहादुर थापाले बताउनुभयो । निस्दी गाउँपालिकाको सभा हलमा सन्चालन भएको कार्यशालाको सहजीकरण चन्द्र प्रकाश भट्टराईले गर्नुभएको थियो । निस्दीमा १६ वटा प्राथमिक विद्यालय २३ वटा आधारभूत विद्यालय र १२ वटा माध्यमिक विद्यालय गरि जम्मा ५१ वटा विद्यालयहरु संचालित छन् ।