तानसेन, पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पामा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी (CDO) आउनु भएको छ ।

पाल्पा जिल्लाको ४६ औं प्रमुख जिल्ला अधिकारीको रुपमा बिनु बज्राचार्य कुँवर आउनु भएको हो । बज्राचार्य सामाजिक विकास मन्त्रालय बागमती प्रदेश सचिवबाट सरुवा भई जिल्ला प्रशासन कार्यालय पाल्पाको प्रमुख जिल्ला अधिकारीको रुपमा आउनु भएको हो ।

यसअघि पाल्पामा प्रमुख जिल्ला अधिकारीको रुपमा रहनु भएका तोयनारायण सुवेदीको पर्सा जिल्ला प्रशासन कार्यालयमा सरुवा भएको छ । सुवेदी पाल्पाको प्रमुख जिल्ला अधिकारी हुँदा राम्रो सेवा प्रवाह गर्ने प्रमुख जिल्ला अधिकारी मध्येमा पर्नु हुन्छ । पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारीको आगमनसँगै पाल्पाली सेवाग्राहीहरु उत्साहित भएका छन् ।