विद्यार्थी पाना स्तम्भमा विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुको प्रतिभाहरु र लेख रचनाहरु (चित्र, कथा, कविता, निवन्ध र अन्य लेख रचनाहरु) समेटिनेछन् । तसर्थ आफ्नो छोराछोरी तथा विद्यार्थीहरुको प्रतिभा र कलाहरु पठाएर सहभागी हुन सक्नु हुनेछ । सामग्रीहरु पठाउँदा विद्यार्थी र विद्यालयको नाम अनि कक्षा समेत उल्लेख गर्नु होला । प्रतिभा तथा लेख रचनाहरु पठाउने माध्यम gurukulpatrika@gmail.com

विद्यार्थी पाना अन्तर्गत
नाम : तिर्सना आले
कक्षा : १०
विद्यालय : सानाहुँगी माध्यमिक विद्यालय, रम्भा २ फोक्सिङ्गकोट, पाल्पा

गजल : आमा

आज छैन भोलि पक्कै कमाउला नि आमा
अरु झैैें हामी पनि रमाउला नि आमा
टाढा जान्छु तिमीबाट सपना पूरा गर्न
पैसा नभए आफ्नाले पनि चिन्दैन आमा ।

हात पार्न मात्र हैन गुमाउन नि जान्नुपर्छ
आफुलाई पिडाभित्रै झुमाउन नि जान्नुपर्छ
लक्ष्य त टाढै छ नि, समयले लान्छ आफै
गन्तव्यलाई विना यात्रा घुमाउन नि जान्नुपर्छ

कोशिस त गरीराछु, अन्यथा नलिनु आमा
तिम्रो आशिष लिएर अघि बढ्छु आमा
सजाउदैमा सपना पूरा हुने भए
टिपी ल्याउथें जुन तारा हत्केलाले छुने भए

भगवान भए खुसीको दिन आउला नि आमा
बुढेसकालमा तिम्रै हात समाउला नि आमा