तानसेन, पाल्पा । स्थानीय तहको निर्वाचनमा महिला जनप्रतिनिधिहरुको सहभागिता सुनिश्चित गर्न नगरस्तरीय राजनैतिक पार्टीका प्रतिनिधिहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिलकिशोर घिमिरेले सहजीकरण गर्नु भएको कार्यक्रममा तानसेन नगरपालिकाकी नगर उपप्रमुख प्रतिक्षा सिंजालीले निर्णायक तहमा महिलाहरुको अर्थपूर्ण सहभागिता आवश्यक रहेको बताउनु भयो । यस्तै तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्वर पाण्डेयले स्थानीय तहमा जनप्रतिनिधिहरुको क्षमता विकासमा स्थानीय, प्रदेश र संघीय सरकारको सहयोग आवश्यक रहेको उल्लेख गर्नु भयो ।

प्रभावकारी र समावेशी स्थानीय सरकारको सवलीकरण कार्यक्रम अन्तरगत दलित महिला केन्द्र र तानसेन नगरापलिकाको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय तहको निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता गराउने प्रतिवद्धता समेत जनाएका थिए ।

द एसिया फाउडेसनको प्राविधिक सहयोगमा सञ्चालिन परियोजनाले स्थानीय तहमा महिला जनप्रतिनिधिहरुको अर्थपूर्ण सहभागिता गराउने उद्देश्यका साथ सो कार्यक्रम सम्पन्न भएको हो ।