रुप्से, पाल्पा । हरितालिका तीजको अवसरमा माथागढी गाँउपालिकाको वडा नम्बर २ रुप्सेमा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ।

बालबिवाहमा पर्ने असर र रोकथामका उपायहरु लगायतका विषयमा केन्द्रित उक्त तीजगीत प्रतियोगिता जागृति महिला समुह सोले पहिलो, दोहोरा महिला समुह दोस्रो, बोक्सादी महिला समूह एु तेस्रो र मान्के महिला समुह सान्त्वना भएका थिए । बिजेता र सहभागी टोलीलाई वडा अध्यक्ष बोम बहादुर ठाडाले नगद पुरस्कार सहित प्रमाणपत्रले पुरस्कृत गर्नु भएको थियो।

वडा नम्बर २ को वडा कार्यालयमा सम्पन्न उक्त तीज बिशेष साँस्कृतिक कार्यक्रमको उद्घाटन गर्नु हुँदै माथागढी गाँउपालिका अध्यक्ष यमबहादुर चिदीले तीज गीत मार्फत विविध कारणले गाँउ गाँउमा हुने बाल बिवाह रोक्न संदेश प्रबाह उद्धेश्यकासाथ बजेट विनियोजन गरेको बताउनु भयो। उहाँले गाँउपालिकाका ८ वटै वडाका महिला दिदीबहिनीहरुलाई लक्षित गरी बजेट छुट्याएको सोही अनुसार नै तीज बिशेष प्रतियोगिता चलिरहेको बताउनु भयो।

माथागढी गाँउकार्यपालिका सदस्य मंगली कुमालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वडा सचिव सरस्वती पन्थले गर्नु भएको थियो।