एवत सारु
फोक्सिङ्गकोट, पाल्पा । सानाहुँगी माध्यमिक विद्यालय रम्भा २ फोक्सिङ्गकोट पाल्पामा अध्ययन गर्ने विद्यार्थीलाई जुत्ता र मोजा सहयोग गरिएको छ ।
विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार ५० जना विद्यार्थीलाई शिक्षक अभिभावक संघका अध्यक्ष दिलमाया पाडेमगरले मोजा तथा जुत्ता प्रदान गर्नु भएको हो ।

बगनासकाली गाउँपालिका १, राईडाँडा घर भएका दाजुभाई आशिष ढुङ्गाना तथा अनिष ढुङ्गानाले गरिब तथा जेहेन्दार विद्यार्थीलाई जुत्ता र मोजा सहयोग गर्नु भएको हो । आशिष ढुङ्गाना हाल अमेरिकामा सूचना प्रविधि विषय अध्ययनरत हुनुहुन्छ भने उहाँका भाई अनिष ढुङ्गाना काठमाण्डौमा वाणिज्य विषयमा अध्ययन गर्दै हुनुहुन्छ ।

विद्यार्थीले निशुल्क जुत्ता मोजा पाएपछि घण्टौं हिंडेर विद्यालय आउन जान सहज भई शैक्षिक विकासमा टेवा पुग्नेछ । गत वर्ष पनि ढुङ्गाना दाजुभाईले ८० जना विद्यार्थीलाई स्वीटर प्रदान गरिएको शिक्षक कृष्ण पन्थीले बताउनु भयो । पढाईमा अत्यन्तै जेहेन्दार विद्यार्थीले जुत्ता पाउँदा पढाइप्रति थप प्रेरणा जागेको छ भने टुहुरा र गरिब विद्यार्थीहरुलाई धेरै राहत पुगेको छ ।