एवत सारु
रम्भा , पाल्पा । रम्भा गाउँपालका पाल्पामा कोरोना विरुद्धको खोप लगाईएको छ ।

गाउँपालिकाका जनप्रतिनिधिहरु विभिन्न शाखाका कर्मचारीहरु, पाँच वटै वडा कार्यालयका कर्मचारीहरु, स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वय सेविका तथा शिक्षकहरुलाई खोप लगाइएको रम्भा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख शिवप्रसाद अर्यालले बताउनु भयो ।

दुइ वर्ष अगाडि बुस्टर डोजका रुपमा लगाईएको कोरोना रोग विरुद्धको फाइजर ब्राण्डको खोप दिइएको अर्यालले बताउनु भयो । बुधबार र बिहीबार गरी वडा नं. १ हुँगीमा १२० जना, वडा नं. २ फोक्सिङ्गकोटमा ५४ जना, वडा नं. ३ पिपलडाँडामा १५० जनालाई खोप दिइएको थियो ।

यसै गरी वडा नं. ४ हुमीनमा ७२ जना तथा वडा नं. ५ ताहुँमा १०५ गरी जम्मा ५०४ जना लाई खोप दिइएको शाखा प्रमखु शिव प्रसाद अर्यालले बताउनु भयो । यसले कोरोना रोग विरुद्धको प्रतिरक्षा प्रणाली विकास गरि रोग विरुद्ध लड्ने क्षमता वृद्धि गर्ने अर्यालले बताउनु भयो ।