जल्पा, ढोलीमारा पाल्पा । पूर्वखोला गाउँपालिका वडा नं. २ ढोलीमारामा २०८१ को एसईईमा उत्तीर्ण १० जना विद्यार्थीलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा उत्तीर्ण विद्यार्थीलाई समुहको तर्फबाट मायाको चिनो, खादा र प्रमाणपत्र प्रदान गरि बधाई तथा सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै शयारी युवा क्लवका अध्यक्ष श्रीधन कवरले ढोलीमाराको प्रतिष्ठाको लागि विद्यार्थीको सफलता महत्वपूर्ण रहेको विचार व्यक्त गर्नु भयो । उहाँले विद्यार्थीको प्रोत्साहनका लागि यस्ता कार्यक्रमको आवश्यकता रहेकोसमेत उल्लेख गर्नु भयो ।
त्यस्तै अभिभावकको तर्फबाट बोल्दै मिनादेवी कवरले यो कार्यक्रमले विद्यार्थी तथा अभिभावकलाई उत्साहित तुल्याएको बताउनु भयो । उहाँले सफल विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न अभिभावकले विशेष ध्यान दिनुपर्नेमा जोड दिनु भयो ।
समुहका तर्फबाट सदस्य दिपक कवरले सम्पुर्ण विद्यार्थीलाई सफलताको लागि बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्यको कामना गर्नुभएको थियो । समुहले विभिन्न समयमा गर्दै आएको सामाजिक कार्यको स्मरण गर्दै सदस्य कवरले आगामी दिनमा पनि निरन्तरता दिने प्रतिवद्दता समेत जनाउनु भयो । Dholimara Creative Crew (DCC) ले आयोजना गरेको कार्यक्रमा शयारी युवा क्लवले सहजीकरण गरेको थियो।