विक्रम वारघरे
कोलोराडो । मगर संघ अमेरीका कोलोराडो च्याप्टरको तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिबेशनले उपेन्द्र राना मगरको अध्यक्षतामा १३ सदस्यीय नयाँ (२०२५-२०२७) कार्यसमिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा भुमिका पुन मगर, सचिवमा विक्रम वारघरे मगर, सह-सचिवमा सृष्टिना पुर्जा मगर, कोषाध्यक्षमा विनोद आले मगर, सह-कोषाध्यक्षमा भुमिजंग थापा मगर र सदस्यहरुमा लेस राना मगर, भोजेन्द्र थापा मगर, सन्नि राना मगर, विवस श्रिष मगर, सोनु थापा मगर, निशा पुन मगर र सनम थापा मगर रहेका छन् ।

कार्यक्रममा २०२३-२५ मा सचिव रहनुभएका वर्तमान अध्यक्ष उपेन्द्र राना मगरले २०२४-२५ को वार्षिक प्रतिवेदन र कोषाध्यक्ष वर्तमान उपाध्यक्ष भुमिका पुन मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नयाँ सदस्यहरुलाई स्वागत तथा नयाँ कार्यासमितिलाई प्रमाणपत्र प्रदान गरिएको थियो। नयाँ कार्यसमितिलाई वधाई तथा शुभकामना दिदै निवर्तमान अध्यक्ष कृष्ण थापा मगरले आफ्नो कार्यकालमा सहयोग गर्ने सवैमा धन्यवाद व्यक्त गर्नुभयो।

त्यस्तै नवनिर्वाचित अध्यक्ष उपेन्द्र राना मगरले कोलोराडो भित्र भएका मगरहरुलाई संघमा ल्याउन पहल गर्ने वताउनुभयो । नवनिर्वाचित कार्य समितिलाई कार्यक्रमका प्रमुख अतिथि मगर संघ अमेरिकका प.क्षे. उपाध्यक्ष टेक थापा मगर, सल्लाहकार तथा निर्वाचन प्रमुख लक्षुमन राना मगर,सदस्य केशव थापा मगर तथा तत्कालिन डेन्भर मगर समाजका अध्यक्ष खेम चौहान मगरले सफल कार्यकालको शुभकामना दिनुभयो ।

कोलोराडोका मगरहरुको बाक्लो सहभागिता रहेको उक्त अधिबेशनकै अवसरमा समर पिकनिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।