राजकुमार आले
पूर्वखोला, पाल्पा । पूर्वखोला गाउँपालिका स्तरीय सरोकारवालाहरुको लागि एक दिने सहभागितामुलक स्वः समिक्षा तथा योजना तर्जुमा (PSRP) कार्य पालिकाको सभाहलमा समपन्न भएको छ । हेफरको आधारशिला तालिम लिएपछि आफुले आफुलाई कतिको व्यवहारिक परिवर्तन गर्न सक्षम भयो भन्ने कुराको लेखाजोखा गर्न यो कार्य गरिएको हो ।

पूर्वखोला गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा समाज उत्थान सहयोग केन्द्र नेपालको सहजिकरणमा सञ्चालित पूर्वखोला कृषि तथा पशु विकास परियोजना अन्तर्गत योजना अनुसारको कार्यक्रम उपलब्धिमुलक रुपमा सम्पन्न गरिएको हो ।

कार्यक्रममा बोल्दै परियोजनाको अनुगमन तथा समन्वय समिति तथा पालिका अध्यक्ष नुनु बहादुर थापाले मानव व्यवहारलाई आत्म समिक्षा गर्न र सकारात्मक परिवर्तनका लागि यो कार्यक्रम अति महत्वपुर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो परिवर्तन पहिला आफैबाट शुरुवात गर्नु पर्छ ।

त्यस्तै गरि पालिका उपाध्यक्ष भागिरथी भट्टराईले हेफरको आधारशिलालाई जिवन्त राख्ने काम यो सहभागितामुलक स्वः समिक्षा तथा योजना तर्जुमा कार्यले गरेको बताउनुभयो । त्यस्तै, पालिकाको प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले आधारशिलालाई पुनतर्जगी र मानविय जिवनलाई सार्थक तुल्याउन यो पि.एस.आर.पी ले ठुलो महत्व बोकेको बताउनुभयो ।

परियोजनाका संयाजक तथा पालिका अध्यक्ष नुन बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण हेफर प्रोजेक्ट नेपालका तालिम अधिकृत विष्णु कँडेलले गर्नु भएको थियो । भने कार्यक्रममा २५ जना सहभागी रहेका थिए ।