राजकुमार आले
पाल्पा । पुर्वखोला कृषि तथा पशु विकास परियोजना अन्तर्गत जोडिएका ६ वटा सहकारीहरु बीचको समिक्षा बैठक समपन्न भएको छ ।

पूर्वखोला गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग समाज उत्थान सहयोग केन्द्रको सहजिकरणमा यो समिक्षा बैठक सम्पन्न भएको हो । समक्षिा बैठकमा बोल्दै पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले यस सहकारीको समिक्षाले बैठकले सहकारीमा भएको आर्थिक कारोबार मात्रै नभएर सहकारीले गरेको प्रगतिको पनि एक आपसमा जानकारी भएको बताउनु भयो । उहाँले भन्नु भयो एउटा सहकारीको प्रगतिबाट अर्कोले पनि राम्रो पक्षलाई गह्रण गरी लागु गर्नु पर्छ ।

यस बैठकले सहकारीहरु बीच भएका आर्थिक कारोबार र सामाजिक क्ष्ेत्रमा समेत सहकारीले गरेको योजना र कार्यक्रमहरुको बारेमा वृहत छलफल गरी समिक्षा गरेको थियो । यस समिक्षाले सहकारीहरु बीचको आगमी कार्यक्रम, योजना र समन्वय गर्ने कुरामा समेत जोड दिएको थियो ।

बैठकमा सहकारीहरुले अव खसी बोका, विउ पाठी र विउ बोका उत्पादन र बजारीकरणमा जोड् दिनु पर्ने र पशु आहार सहकारी आफैले बनाउने र विक्री वितरण गर्ने, उपहार प्रदान गर्ने, खाली जगामा घाँस रोपण अभियान सञ्चालन गर्ने कुरा सहभागहरुले विचार राखेका थिए । उता अन्य क्षेत्रमा जस्तै व्यवसायिक कृषि उपज र उत्पादन वृद्धिमा लगानी गर्नु पर्ने, युवा स्वरोजगारलाई प्राथमिकता दिई स्वदेशमै व्यवसाय गर्न सहकारीले युवालाई प्रोत्साहन गर्नु पर्ने लगायतका विषयमा छलफल समेत उनीहरुले गरेका थिए ।

आफ्नो क्षेत्र र समुदायको विकासका लागि सहकारी सहकारी विच अन्तर सम्बन्ध स्थापित गर्ने र सहकारी विकासकालागि स्थानीय निकायसंग समन्वय र सहकार्य समेत गर्दै जाने समिक्षा बैठकले निष्कर्ष निकालेको छ । उनीहरुले आगामी दिनमा यस्ता सकारात्मक पक्षमा एकताबद्ध भई काम गर्दै जानुमा जोड दिएका थिए ।

मनकामना सामाजिक उद्यमी महिला बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष याम कुमारी श्रेष्ठको अध्यक्षतामा भएको यो समिक्षा बैठकमा १९ जना सहभागी भएको थियो ।