पाल्पा । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा २ विद्यार्थीले ४ जिपिए ल्याएको खुशीयालीमा रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुर पाल्पाले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मानसहित खुशियाली साटासाट गरेको छ ।

उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई मायाको चिनोले सम्मान गर्नुका साथै उत्तिर्ण विद्यार्थीहरुलाई पञ्चेबाजा बजाएर बजार परिक्रमा गराईएकोे थियो । शुक्रबार प्रकाशित एसईई नतिजामा जिल्लाकै नमुना माध्यमिक विद्यालय रामतुलसी माविबाट २ विद्यार्थी ४ जिपिए सहित ३३ जनाले ए प्लस ल्याएका थिए । उक्त विद्यालयबाट १ सय ८८ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएकोमा १२९ जना उर्तीण भएका थिए।

यस्तै देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालय तानसेन पाल्पाले पनि उत्कृष्ट नतिजा सहित एसईई परीक्षा उत्तिर्ण गरेको भन्दै विद्यार्थीहरुको सम्मानमा बाजागाजा सहित तानसेन बजार परिक्रमा गरेको थियो । यस विद्यालयबाट एक जना ४ जिपिए सहित ४८ जना विद्यार्थी उर्तीण भएका थिए।