तानसेन, पाल्पा । शुक्रबार प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा पाल्पा जिल्लाका ६ जना विद्यार्थीले ४ जीपीए ल्याउन सफल भएका छन् ।

२०८१ सालको एसईईमा पाल्पाबाट ३ हजार ७ सय २० जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा चार छात्रा र दुइ छात्रले ४ जीपीए ल्याउन सफल भएका हुन् । चार जिपिए ल्याउनेहरुमा रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुरका विविशा घिमिरे र अनुजा श्रेष्ठ, देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालय तानसेनका शुलभ भट्टराई तथा न्यू होराईजन सेकेण्डरी स्कुल तानसेनका निश्चल भण्डारी, कामना राना र दिया कार्की रहेका छन् ।

शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका बोम बहादुर थापाका अनुसार पाल्पा जिल्लाका १ सय ३९ विद्यालयबाट परीक्षामा सहभागी विद्यार्थी मध्ये ६० दशमलव ४५ प्रतिशतले ग्रेड पुरा गरेका छन् । पाल्पाको नतिजाका सम्बन्धमा विस्तृत विवरण तलको तालिकामा उल्लेख गरिएको छ ।