आरके थापा
तेल्घा, पाल्पा । बालकन्या भगवती आधारभूत विद्यालय तानसेन-१० गणशाल पाल्पाले शुक्रबारे कार्यक्रम अन्तर्गत Spelling Contest  सम्पन्न गरेको छ ।

प्रतियोगितामा विवश सोमै, सोनिक नेपाली, ज्ञान बहादुर जिसी र अस्मिता गौतमको समूह पहिलो, सरोज कवर, प्रशान्त गौतम, सुनिता सिंजापति र आयूषा विकको समूह दोस्रा तथा रिकेन दर्जी, बिनोद सुनार, सदिक्षा नेपाली र आयुष विकको समूह तेस्रा भए ।

यस्तै प्रावि स्तरीय उक्त प्रतियोगितामा बिराट ढकाल, एसा ठडराई र मोनिका ठडराईको समूह पहिलो तथा शंकर नेपाली, सोनिया सुनार, नितिसा कुमाल र पेमा जुगालीको समूह दोस्रा भएका थिए । विद्यालयका प्रधानाध्यापक लक्ष्मण पौडेलको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको सञ्चालन राधिका पाण्डेले र व्यवस्थापन विणा कोईरालाले गर्नु भएको थियो ।