रिब्दीकोट, पाल्पा । घुम्ती बिरुवा वितरण एवं रोपण सहजीकरण कार्यक्रम अन्तर्गत डिभिजन वन कार्यालय पाल्पाले रिब्दीकोट गाउँपालिकालाई दश हजार वटा तेजपातको बिरुवा हस्तान्तरण गरेको छ ।
डिभिजन वन कार्यालय पाल्पाले हस्तान्तरण गरेको तेजपातका बिरुवा ग्रहण गर्दै रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले प्राप्त बिरुवाहरु वडागत रुपमा वितरण गरीने बताउनु भयो । बिरुवा ग्रहण कार्यक्रममा उपाध्यक्ष कान्ता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनाल र कृषि शाखा प्रमुख प्रज्ञा लामटाङ्गे लगायतले विरुवाको उचित हेरचाह सहित विरुवा हुर्काएर आयआर्जन गर्नका लागि पालिकाको तर्फबाट पहल गरिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
रिब्दीकोट गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि फलफूल तथा जडिबुटी रोपणमा प्रोत्सहान गर्न एक बोट : सयको नोट कार्यक्रम समेत नीति तथा कार्यक्रममा राखेर बजेट सार्वजनिक गरेको छ।