भुवन सिंजाली
पूर्वखोला, पाल्पा । पूर्वखोला गाउँपालिकाको १७ औं अधिवेशनको १ नम्बर बैठकले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित गरेको छ।
गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम परिमार्जन सहित पारित भएको हो । यस वर्ष पुर्वखोला गाउपालिकाले किसान परिचयपत्र वितरण गर्ने ,कृषि तथा पशु पंक्षिको विमा गर्ने , रैथाने बालिको उत्पादनमा जोड दिने, उत्पादनमा आधारित प्रोत्साहन अनुदान दिने विषयलाई समेटेको छ । यस्तै हल गोरु पाल्नेलाई सम्मान गर्ने, उत्पादित पशु तथा कृषि उपजलाइ सहकारी मार्फत विक्रि गर्ने, एक वन एक रिचार्ज पोखरी निर्माण गर्ने लगायतका विषयहरु पनि प्राथमिकतामा परेका छन् ।

अभिभावक विहिन बालबालिकाको अभिभावकतत्व जिम्मा लिने, पढदै कमाउदै कार्यक्रम संचालन गर्ने, ५ कक्षासम्म मगर भाषाको पढाइ सुरु गर्ने , प्लास्टिक मुक्त गाउपालिका बनाउने, देवीनगर वडालाई पुर्ण सरसफाइ वडा घोषणा गर्ने, बाल मैत्री गाउँपालिका बनाउने, एक वडा एक व्यवस्थित खेलमैदान निर्माण गर्ने कार्यक्रमहरु पनि निति तथा कार्यक्रममा पारित गरिएको छ ।
अधिवेशनमा नीति तथा कार्यक्रममा भाग लिनुहुदै गाउँसभाका सदस्य बासु प्रसाद न्यौपाने, समुन्द्रा भारति, भुवन सिंजालि र यम बहादुर थापा लगायतले गुनासो सहित सल्लाह सुझाव राख्नु भएको थियो । गाउँ सभामा कृषि शाखाबाट पशु पालन, तरकारी फलफूल र द्यान्न उत्पादन गर्ने ५ जना कृषकलाई नगद ५ हजार र दोसल्लाह सहित प्रमाणपत्र दिएर सम्मान समेत गरिएको थियो ।

गाउँसभाका अध्यक्ष नुन बहादुर थापाले अर्को २ नम्बरको बैठक यही १० गते ११ बजे बस्ने र उक्त बैठकमा आर्थिक विद्येक र विभिन्न विषयगत शाखाको प्रगति प्रतिवेदन प्रस्तुत हुने सुचि सहित पहिलो बैठक सम्पन्न गर्नु भएको थियो ।