काठमाडौं । देशभरि सञ्चालनमा रहेका प्याराग्लाइडिङ कम्पनीले अबदेखि आफूसँग रहेका प्याराग्लाइडरहरू दर्ता गर्नुपर्ने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आगामी आर्थिक वर्ष २०८२/०८३ देखि कम्पनी मातहतका सोलो तथा टेन्डम प्याराग्लाइडर अनिवार्य दर्ता गर्नुपर्ने छ । आर्थिक वर्ष पहिलो तीन महिनासम्म दर्ता गर्न सकिने गरी समय तोकिएको छ ।

त्यसरी दर्ता नगरेमा प्राधिकरणले प्याराग्लाइडरलाई गैरकानुनी घोषणा गर्ने छ । त्यसो नभए कानुन अनुसार कारबाही हुने प्राधिकरणले स्पष्ट पारेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सञ्चालन इजाजत प्राप्त गरी प्राधिकरणबाट मनोरञ्जनात्मक उड्डयन सञ्चालन प्रमाणपत्र ९आरएओसी० तथा प्रशिक्षण संस्था सञ्चालन अनुमति पाएका सबै कम्पनीले आफूसँग रहेका प्याराग्लाइडर दर्ता गर्नुपर्ने प्राधिकरणले स्पष्ट पारेको छ ।