विष्णु जिसी
गोठादी, पाल्पा । माथागढी गाँउपालिका वडा नम्बर ६ गोठादीमा सञ्चालित १ महिने एडभान्स सिलाई कटाई सिप बिकास तालिम सम्पन्न भएको छ ।

माथागढी गाउँपालिकाको वडा नम्बर ५ र ६ लाई लक्षित गरी सञ्चालन गरिएको उक्त एक महिने तालिममा ११ जना महिला दिदीबहिनीहरुको सहभागिता रहेको थियो । तालिममा सहभागी महिला दिदीबहिनीहरुलाई मगर ड्रेसको फरिया, चौबन्दी चोलो, सिंगापुरे सेटको चोली, पाइन्ट ड्रेस र अम्रेला गाउन लगायत ७ किसिमका पहिरन ड्रेस तयार गर्न सिकाईएको प्रशिक्षक बसन्ती चिदीले बताउनु भयो।

तालिम समापन कार्यक्रममा प्रमुख अतिथि एवं गाँउपालिका उपाध्यक्ष बिष्णुमाया लुंङ्गचे र वडा नम्बर ६ का वडाध्यक्ष यूव बहादुर ठाडाले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो । गत बर्ष ३ महिने सिलाई कटाई तालिम लिएका महिला दिदीबहिनीहरुको स्तर उन्नतीको लागि यस वर्ष एडभान्स तालिमको आयोजना गरेको पालिकाले जनाएको छ ।