विष्णु जिसी
झडेवा, पाल्पा । माथागढी गाउँ पालिकाले स्थानीय तहको कृषि प्रवर्द्धन र आधुनिकिकरणलाई लक्षित गर्दै हाते ट्याक्टर वितरण गरेपछि किसानहरु खुशी भएका छन् ।

पालिकाले प्रदान गरेको हाते ट्याक्टर पाएपछि किसानहरूले कृषि कार्यमा सहजता हुने र उत्पादन लागत घट्ने विश्वास व्यक्त गरेका छन् । पालिकाले १ सय २८ जना किसानलाई उक्त हाते ट्याक्टरहरू वितरण गरेको थियो ।

किसानहरुलाई हाते ट्याक्टर वितरण गर्नु हुदै गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले कृषि यान्त्रीकरणको माध्यमबाट उत्पादन वृद्धि र किसानको श्रमलाई सहज बनाउने उद्देश्यले हाते ट्याक्टर वितरण गरिएको बताउनु भयो।

उहाँले कृषि आधुनिकिकरण बिना गाउँको समृद्धि सम्भव नभएको उल्लेख गर्दै किसानका समस्या बुझेर यस्ता कार्यक्रम अघि बढाएको समेत बताउनु भयो ।