एवत सारु
फोक्सिङ्गकोट, पाल्पा । सानाहुँगी माध्यमिक विद्यालय रम्भा गाउँपालिका २ फोक्सिङ्गकोट पाल्पाका विद्यार्थीलाई विभिन्न छात्रवृत्ति वितरण गरिएको छ ।
हातेमालो संस्था वनस्थली काठमाण्डौले प्रदान गरेको शैक्षिक सामाग्री तथा विद्यार्थी पोशाक २१ जना छात्राहरुलाई वितरण गरिएको हो । यसै गरी हिमालयन लाईफ इन्स्योरेन्स कम्पनी पाल्पाले प्रदान गरेको विद्यार्थी पोशाक नवप्रवेशी विद्यार्थीहरुलाई प्रदान गरिएको छ । कार्यक्रममा नेपाल सरकारबाट २०८१ मा प्राप्त भएको कक्षा १ देखि ५ सम्मका छात्रा तथा दलित विद्यार्थीलाई जनही ४०० रुपियाका दरले वितरण गरिएको थियो ।

विद्यलयका प्रधानाध्यापक एवत सारु तथा सहायक प्रधानाध्यापक कमल प्रसाद गैरेले विद्याथीैलाई पोशाक वितरण गर्नु भएको हो । कार्यक्रममा सानाहुँगी माध्यमिक विद्यालयबाट राष्ट्रपति रनिङ्ग शिल्ड खेलकूद प्रतियोगितामा पाल्पा जिल्ला र लुम्बिनी प्रदेश खेलकूदमा पुगेका विद्यार्थीलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि शिक्षक अभिभावक संघका अध्यक्ष दिलमाया पाडेले सबै विद्यार्थी मिहेनेत र परिश्रमी भई सधैं पुरस्कार र छात्रवृत्ति पाउने लायकको हुनुपर्ने बताउनुभयो । कार्यक्रम शिक्षक अनु रावलको सञ्चालन तथा सानाहुँगी बाल क्लबका अध्यक्ष अमित पाडेमगरको अध्यक्षतामा चलेको थियो ।