एवत सारु
रानीबास, पाल्पा । सानाहुँगी माध्यमिक विद्यालय रम्भा २ फोक्सिङ्गकोट पाल्पामा नवप्रवेशी विद्यार्थीहरुलाई स्वागत गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमबहादुर सारु तथा शिक्षक अभिभावक संघका अध्यक्ष दिलमाया पाडे तथा प्रधानाध्यापक एवत सारुले विद्यार्थीहरुलाई फूलमाला, अबिर तथा कापी कलम दिएर स्वागत गरिएको हो । विद्यालयमा नव प्रवेशी ३६ जना विद्यार्थीलाई स्वागत गरिएको हो ।

स्वागत कार्यक्रम संगै शिक्षक किरण पन्थी तथा प्रधानाध्यापक एवत सारुले विद्यार्थीलाई उत्प्रेरणा जगाउने कार्यक्रम सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा विद्यार्थीको सिक्ने शैली, विद्यार्थी अनुशासन, निरन्तर अभ्यास र सिकाईबारेमा सिकाइएको थियो ।

विद्यालयमा गठन भएका सानाहुँगी बाल क्लब, सानाहुँगी बाल भित्ते पत्रिका, सानाहुँगी जुनियर रेडक्रस सर्कल, युवा रेडक्रस सर्कल, सदनका पदाधिकारीलाई स्वागत, बधाइ तथा सफल कार्यकालको शुभकामना दिइएको थियो ।

समापन कार्यक्रममा शिक्षक अभिमावक संघका अध्यक्ष दिलमाया पाडेले अनुशासन र सिकाई संगसंगै जाने भएकोले विद्यार्थी सदैव अनुशासित हुनुपर्ने बताउनु भयो । प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमबहादुर सारुले चलाखी र सही विधिबाट अध्ययन गर्दा सिकाई हुने बताउदै सबै विद्यार्थीलाई लगनशील भई अध्ययन गर्न अनुरोध गर्नु भयो ।

कार्यक्रम शिक्षक दिपक पाण्डेयको सञ्चालन तथा सानाहुँ बालक्लबका अध्यक्ष अमित पाडेमगरको अध्यक्षतामा चलेको थियो ।