विष्णु जिसी
देवीनगर, पाल्पा । पुर्वखोला-४ देवीनगर पाल्पामा कृषि तथा पशु विकास परियोजना अन्तर्गत हेफर आधारशिला तालिम सम्पन्न भएको छ ।
पुर्वखोला कृषि तथा पशु विकास परियोजनाको आयोजनामा संचालित तालिममा हेफरका १२ वटा आधारशिला सिपहरुको बारेमा सिकाईएको थियो ।
पुर्वखोला हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा सन्चालन भएको तालिममा भानुमाता यूवा उद्यमी समूह पुर्वखोला -४ का २१ जना सदस्यहरुको सहभागीता रहेको थियो ।
तालिम समापनमा प्रमुख अतिथि देवीनगरका वडाध्यक्ष मेहर सिंह थापाले यूवाहरु विदेश जानू भन्दा स्वदेशमै कृषि र पशुसङ्ग सम्बन्धीत उद्यम सन्चालन गरि आर्थिक उपार्जन गर्नु आवस्यक रहेको अताउनु भयो ।