एवत सारु
रम्भा, पाल्पा । रम्भा गाउँपालिकाका वडा सचिव तथा कार्यालय सहायकहरुको लागि सञ्चालन गरिएको तीन दिने तालिम सम्पन्न भएको छ ।

रम्भा गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको तालिममा पालिकाका ५ वडाका वडा सचिव तथा कार्यालय सहायक गरी ११ जनाको सहभागीता रहेको थियो । तालिममा अनलाई व्यक्तिगत घट्ना दर्ता प्रणाली, बायोमेट्रिक प्रणाली, सामाजिक सुरक्षा कार्यक्रममा अभिलेक अद्यावधिक तथा नविकरण, राजश्व संकलनका मापदण्ड र अनलाईन प्रविष्टीबारे सिकाइएको थियो ।

वडामा कार्यरत कर्मचारीहरुको समयानुकूल कार्यक्षमता बृद्धि गर्न तालिम सञ्चालन गरिएको र तालिमले कर्मचारीमा थप हौसला प्राप्त हुने रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनु भयो । तालिममा महालेखा नियन्त्रण कार्यालय काठमाण्डौंका सूचना प्रविधि अधिकृत नारायण शर्मा, सूचना प्रविधि अधिकृत सुरज पाठक तथा एम आइ एस अपे्रटर सुरेन्द्र अर्यालले सहजीकरण गर्नु भएको थियो ।

रम्भा गाउँपालिका २ फोक्सिङ्गकोटको रानीबास सामुदायिक होमस्टेको तालिम कक्षमा सञ्चालन गरिएको ३ दिने आवासीय तालिम समापन कार्यक्रममा रभ्मा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले सिकेका सीपको अधिकतम प्रयोग गर्नु नै मुख्य कुरा भएको बताउँदै रम्भा गाउँपालिकाका सबै वडामा चुस्तदुस्त तरीकाले सेवा प्रवाह हुने विश्वास व्यक्त गर्नु भयो ।

तालिम अवधिमा उपाध्यक्ष राधाकुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुन, लेखा अधिकृत पोष्टराज न्यौपाने लगायतको उपस्थिती रहेको थियो । तालिम समापन कार्यक्रम प्रशासन शाखा प्रमुख विमला गैहे्रको सञ्चालन तथा अध्यक्ष विष्णुप्रसाद भण्डारीको अध्यक्षतामा चलेको थियो ।