तानसेन, पाल्पा । सूचना प्रविधि प्रवर्द्धन केन्द्र (ITPC) को आयोजनामा किशोर किशोरीहरूलाई साईवर क्राईम, लागु पदार्थ सेवन र आत्महत्या निरूत्साहन सम्बन्धी एक दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
तानसेनका विभिन्न विद्यालयबाट एक सय बढी विद्यार्थीहरुको सहभागीता रहेको उक्त सचेतना कार्यक्रममा साईवर क्राईम, लागु पदार्थ सेवन र आत्महत्या निरूत्साहन सम्बन्धी विविध जानकारी र प्रशिक्षण प्रदान गरिएको थियो । सचेतता कार्यक्रमको सहजीकरण अनिलकिशोर घिमिरे, सुदिप पौडेल, जागृत गैरे, शिव भट्टराई र प्रहरी उपरीक्षक सन्दीप बेल्बासेले गर्नु भएको थियो ।
तानसेन नगरपालिकाको सहयोगमा सञ्चालित सचेतना कार्यक्रममा तानसेन नगरपालिका कार्यवाहक नगर प्रमुख प्रतीक्षा गाहा, जिल्ला प्रमुख अधिकारी तोयनारायण सुवेदी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्वर पाण्डे, लेखा अधिकृत कोशलराज घिमिरे, प्रहरी उपरीक्षक पवन कुमार भट्टराई, त्रिभूवन बहुमुखी क्याम्पस स्ववियू अध्यक्ष मिलन घर्ती मगर लगायतको उपस्थिति रहेको थियो ।