राजकुमार आले
पाल्पा । जनमार्ग माध्यमिक विद्यालय पूर्वखोला १ सिलुवा पाल्पाका विद्यालय व्यवस्थपन समिति अध्यक्ष गिरीमान आलेमगर पाल्पा जिल्लाको उत्कृष्ट अध्यक्ष बन्नु भएको छ ।

कार्य सम्पादनको आधारमा जिल्लाभरीका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु मध्ये उहाँ उत्कृष्ट हुनु भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूमध्येबाट उत्कृष्ट हुनु भएका आलेमगरलाई लुम्बिनी प्रदेश, सामाजिक विकास मन्त्रालय, डिभिजन कार्यालय पाल्पाले पुरस्कृत एवं सम्मान पत्रले सम्मान गरेको छ ।

जिल्लाभरीमै उत्कृष्ट हुनु भएकोमा जनमार्ग मावि परिवार सिलुवाले उहाँलाई बधाई ज्ञापन सहित आगामी दिनमा विद्यालयको शैक्षिक सुधारमा थप योगदान र प्रगतिको कामना गरेको छ ।