तानसेन, पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पाले मुद्दा शाखामा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि १ दिने अभिमुखिकरण कार्यक्रम संचालन गरेको छ ।

आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत बजेटबाट सञ्चालित उक्त कार्यक्रममा मुद्दाको अनुसन्धान, अभियोजन र फैसला लगायतको विषयमा प्रशिक्षण गरिएको थियो । कार्यक्रमको शहजिकरण प्रमुख अतिथि माननीय जिल्ला न्यायाधीस दल बहादुर केसी, प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदी, जिल्ला न्यायाधीवक्ता चुरामणी पराजुली र प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले गर्नु भएको थियो ।

कार्यक्रमको समापनमा सहभागीहरुको तर्फबाट बोल्नु हुँदै जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखामा कार्यरत नासु सुकुनराज अर्याल र जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर सन्दिप वेलवासेले यस प्रकारको तालिमले कार्यालयको दैनिक कार्यसम्पादनमा आफुहरुलाई महत्वपूर्ण सहयोग गर्ने बताउनु भयो । उहाँहरुले आगामी दिनमा पनि यस प्रकारका कार्याक्रमहरुको आयोजना भएमा कर्मचारीहरुमा उत्प्रेरणा बढ्नुका साथै कार्यसम्पादनमा थप प्रभावकारिता थपिदै जानेमा आफुहरु विश्वस्त रहेको समेत बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीको अध्यक्षता र प्रशासकीय अधिकृत दिनेश ज्ञवालीको सञ्चालनमा सम्पन्न उक्त तालिममा सहायक प्रमुख जिल्ला अधिकारी भक्ति सरा राना, जिल्ला न्यायाधीवक्ता चुरामणी पराजुली र प्रहरी उपरीक्षक पवन कुमार भट्टराई लगायतले तालिमको महत्व र प्रभावको विषयमा आफ्नो भनाई राख्नु भएको थियो । ।