रम्भा, पाल्पा । पूर्व सभामुख ओनसरी घर्तीले माओवादी क्रान्तिका कारण देशमा सबै नागरिकले समान अधिकारको प्रयोग गर्न पाएको बताउनु भएको छ । उहाँले भाषाका आधारमा रहेको उत्पीडनको अन्त्य गर्न आफुहरुले आन्दोलन गरेको स्मरण गर्नु भयो ।
यस्तै नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले माओवादी क्रान्तिको मुख्य उद्देश्य सबै भाषा, जात र समुदायबीच राजनीतिक, सामाजिक समानता सुनिश्चित गर्नु रहेको बताउनु भएको छ । मगर राष्ट्रिय मुक्ति मोर्चा रम्भा र पूर्वखोला पाल्पाको अधिवेशन समारोहको उद्घाटन गर्दै नेता पुनले राज्यबाट पछाडि पारिएका जातजातिको उत्थान र समानताको अधिकार सुनिश्चितताका लागि माओवादीले क्रान्ति गरेको बताउनु भयो । उहाँले माओवादी आन्दोलनले नेपालमा गणतन्त्र स्थापना गर्न सफल भएको समेत दावी गर्नु भयो ।

कार्यक्रममा मगर राष्टिय मुक्ति मोर्चाका अध्यक्षदीपक चर्ती मगर, नेत्र प्रसाद पाण्डेय, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक राजेन्द्र विश्वकर्मा, मोर्चाकी केन्द्रीय उपाध्यक्ष लिला सोमै र पाल्पा काठमाडौं सम्पर्क समाजका अध्यक्ष हुम सुनारी लगायतले मगर जाति शसक्त भइ लागे मात्र आफ्नो हक अधिकार प्राप्ति हुने बताउनु भयो । कार्यक्रम समाजसेवी चुमानसिह सिजालीका अध्यक्षता र हरि बाह्रघरेको सञ्चालनमा सम्पन्न भएको थियो ।
