खुम बहादुर पौडेल
खोकखोला, पाल्पा । रम्भा गाउँ पालिकाको आयोजनामा पिपलडाडाको खोकखोलामा संचालित एकीकृत शैक्षिक सूचना ब्यबस्थापन सम्बन्धि २ दिने तालीम सम्पन्न भएको छ ।
तालीममा शैक्षिक सूचना ब्यबस्थापन प्रणालीको अवधारणा, यसको प्रयोग, प्रभावकारिता र देखिएका समस्याको बारेमा छलफल चलाइएको थियो । बिद्यालय स्तरमा सूचना प्रणालीको उपयोगिता, सूचना ब्यबस्थापनमा हुनुपर्ने बैधता र शुद्धता, गलत तथ्यांकले पार्ने असर, सूचना अद्यावधिक गर्ने तरिका लगायत शैक्षिक सूचना प्रणालीका ९ वटा बुदामा अभ्यास गरिएको थियो ।

बिद्यालयको सूचना ब्यबस्थापन प्रणालीमा सुधार ल्याउने उद्देश्यले संचालित कार्यक्रममा रम्भा गाउँ पालिकाका ३७ जना शिक्षकहरुको सहभागिता रहेको थियो । तालीम समापन कार्यक्रममा रम्भा गाउँ पालिकाका उपाध्यक्ष राधा कुमारी श्रेष्ठले बिद्यालयका असल अभ्यास र नियमित क्रियाकलाप मध्ये सूचना ब्यबस्थापन अति महत्त्वपूर्ण रहेको बिचार व्यक्त गर्नु भयो ।
प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनले वास्तविक सूचना ब्यबस्थापनले बिद्यालयको यथार्थ अवस्था चित्रण गर्ने र जसबाट पालिकाको आगामी योजना निर्माणका लागि मार्गदर्शन हुने बताउनुभयो ।
सहभागी कृष्ण प्रसाद बस्याल, अन्जु खनाल लगायतले सिकेका कुरालाई व्यबहारमा लागु गर्ने प्रतिवद्द्ता जनाउँदै सूचना ब्यबस्थापनले बिद्यालयको बिद्यमान अवस्थाको यथार्थता बुझ्न सहज हुने बिचार राख्नु भयो ।
तालिममा शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख मिनादेवी आचार्य , प्राबिधिक सहायक मुक्ति अधिकारी र डिल्लिराज खड्काले सहजीकरण गर्नुभएको थियो ।