प्रेम बगाले
बगनासकाली, पाल्पा । बगनासकाली गाँउपालिका पाल्पालाई पूर्णसंंस्थागत प्रसुतिसेवायुक्त तथा पूर्णखोप गाउँपालिका घोषणा गरिएको छ । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले गाउँपालिकाका अध्यक्ष सरस्वती चिदिलाई पूर्णसंंस्थागत प्रसुतिसेवायुक्त तथा पूर्णखोप गाउँपालिका सुनिश्चितता भएको प्रमाणपत्र प्रदान गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले स्वस्थ्य क्षेत्रको विकासमा चुनौती रहेको उल्लेख गर्दै जनप्रतिनिधि सहित सबैको सहयोग आवस्यकता रहेको बताउनु भयो । बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले जनताको स्वास्थ्य पहिलो भएको बताउदै सोही अनुसार जनताको स्वास्थ्य सुधारमा निरन्तर लागेको बताउनु भयो ।
गाउँपालिकाका ९ वटै वडालाई पूर्णसंंस्थागत प्रसुति घोषणा गरेपछि समग्र गाउपालिकालाई नै पुर्णसंंस्थागत गाउँपालिका सुनिश्चितता गरिएको गाँउपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले जानकारी दिनुभयो ।
गाउँपालिकाका स्वास्थ्य अधिकृत नोदप्रसाद बस्यालले प्रतिवेदन प्रस्तुत गदै एक बर्षमा गाउँपालिकाका १ सय ७१ जना सुत्केरीले नियमित स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्य संस्थामै सुत्केरी भएको बताउनुभयो । उहाँले १५ महिना भित्रका २३०जना नियमति खोप लगाउदै र १६ देखि ५ वर्ष सम्मका ८ सय २० जना बालबालिकाले खोपको मात्र पूरा गरेको जानकारी दिनुभयो ।