विष्णु जिसी
माथागढी, पाल्पा । अंग्रेजी विषय पढाउने शिक्षकहरुका लागि माथागढी गाउँपालिका पाल्पाले सञ्चालन गरेको QEQS (सक्षम) कार्यक्रम अन्तर्गतको ५ दिने तालिम सम्पन्न भएको छ ।
तालिम समापन कार्यक्रममा बोल्दै माथागढ़ी गाउँपालिका अध्यक्ष यम चिदीले उत्साहपुर्वक तालिममा सहभागी हुनु भएकोमा सवै शिक्षकहरुलाई धन्यबाद दिनु हुदै तालिममा सिकेको कुरा व्यावारिक रुपमा बिद्यालयमा प्रयोग गरि गुणस्तरीय शिक्षा निर्माणमा योगदान दिन सवैलाई आग्रह गर्नु भयो ।
त्यस्तै बिट्रिस काउन्सिलका प्रशिक्षक ढक पुनले सहभागी शिक्षकहरुको उत्साह देखेर तालिममा सिकाईएको कुरा व्यवहारमा लागु गर्नेमा आफु ढुक्क भएको बताउनु भयो । गाँउपालिका प्रबक्ता शंकर दर्लामीले पनि पटक पटक यस्ता खालका तालिमहरु पालिकाले आयोजना गरे पनि बार्षिक परीक्षाफल प्रकाशित गर्दा निराश बन्नु परेको उदाहरण दिदै आगामी दिनमा सुधारिने कुरामा आफु आशाबादी रहेको बताउनु भयो ।

माथागढ़ी गाँउपालिका र ब्रिटिस काउन्सिलको आयोजनामा सञ्चालित उक्त तालिममा सहभागी पवित्रा मल्ल र खेम बहादुर गाहाले तालिमबाट आफुहरुले धेरै कुरा सिकेको र आत्मबल बढेको बताउदै अग्रेजी बिषयको शतप्रतिसत नतिजा निकाल्न आफुहरुले प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
माथागढी गाँउपालिका भित्रका ४४ जना अंग्रेजी पढाउने शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको तालिमको शहजिकरण ब्रिटिस काउन्सिलका ढक पुन, ज्ञानेन्द्र यादब, ब्रिटिस काउन्सिल माथागढीका फोकल पर्सन लोकेन्द्र थापा र ब्रिटिस काउन्सिल स्थानीय प्रशिक्षक कृष्ण प्रसाद खनालले गर्नु भएको थियो ।