प्रेम बगाले
बगनासकाली, पाल्पा । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत बगनासकाली गाउँपालिकामा चारदिने कुखुरा तथा वंगुरपालन तालिम सञ्चान भएको छ ।
तालिममा बगनासकाली गाउँपालिकाका वडा नम्बर १ देखि ९ सम्मका कुखुरा तथा वंगुर पालनमा आवद्ध कृषकहरूको सहभागिता रहेको थियो । मेडपा सीप विकास तालिम अन्तर्गत कृषकलाई उद्यमी बनाउने उद्देश्यसहित तालिम सञ्चालन गरिएको हो ।
तालिममा बोल्दै गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले निर्वाहमुखी काम गर्दै आएका व्यवसायीलाई चारदिनको तालिमले व्यवसायी बन्न सहयोग गर्ने धारणा राख्नुभयो । उहाँले सिकेको सीपलाई प्रत्यक्ष व्यवहारमा लागु गरी व्यवसायी बन्न सहभागीलाई आग्रह गर्नुभयो । गाउँपालिकाले व्यसायीको उत्पादनलाई बजारीकरण, अनुदान थप र मागमा आधारित सीप प्रदान गरी उद्यमी बनाउने गरी मेडपा कार्यक्रम अन्तर्गत तालिम सञ्चालन गर्दै आएको अध्यक्ष चिदीको बताउनु भयो । उहाँले सीप सिकेर आत्मनिर्भर बन्न सहभागी प्रशिक्षार्थीलाई अनुरोध समेत गर्नुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्रवक्ता टिकाबहादुर थापाले आफूले सिकेको सीपलाई छरछिमेक र साथीभाईलाई पनि सिकाउन आग्रह गर्दै गाउँपालिकाका कृषकलाई व्यवसायिक बनाउन मेडपा कार्यक्रम मार्फत विभिन्न तालिमहरू सञ्चालन गरिएको बताउनुभयो । कार्यपालिका सदस्य गीता रेग्मी, प्रशिक्षक हरि कोइरालाले उद्यमी व्यवसायीलाई आम्दानीमा वृद्धि गर्न तालिमले सहयोग पु¥याउने विचार राख्नुभयो ।
मेडपा कार्यक्रम संयोजक प्रेमबहादुर बगालेले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको उद्देश्य र यो आर्थिक वर्षमा सञ्चालन गरिएका कार्यक्रमका बारेमा जानकारी गराउनुभयो । उहाँले कृषकको सीप विकास तथा क्षमता अभिवृद्धिका लागि ४ दिने सीप विकास तालिम सञ्चालन गरिएको बताउनुभयो ।
तालिममा प्रशिक्षक हरि कोइरालाले कुखुरा तथा बंगुर पालन व्यवसायका सम्भावना, बंगुर तथा कुखुरामा लाग्ने रोग तथा रोकथाम, सन्तुलित आहार, खोर बनाउने तरिका, नश्ल सुधार र बजारीकरण लगायतका विषयमा आवश्यक सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्नु भएको थियो ।