रामपुर, पाल्पा । संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रामपुर बचत तथा ऋण सहकारी संस्थाले रामतुलसी नमुना माध्यमिक विद्यालयलाई प्रतिक्षालय हस्तान्तरण गरेको छ ।

विद्यालय परिसरमा निर्माण गरेको प्रतिक्षालय आफ्नो १८ औं स्थापना दिवसको अवसरमा सहकारी संस्थाले हस्तान्तरण गरेको हो । प्रतिक्षालय हस्तान्तरण कार्यक्रममा उद्घाटन गर्नु हुँदै रामतुलसी माबी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिशाल श्रेष्ठले विद्यालय प्रति संस्थाले देखाएको सद्भावका लागि धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

रामतुलसी माविका प्रधानाध्यापक बालकृष्ण लम्सालले प्रतिक्षालयले विद्यालयमा आउनुहुने अभिभावकसंगै विद्यार्थी र शिक्षकहरुको लागि महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो । संस्थाको स्थापना दिवसकै अवसरमा लिमिटेडले ७५ वर्ष भन्दा माथिका जेष्ठ शेयर सदस्यहरुलाई सम्मान समेत गरेको थियो ।