सराई, पाल्पा । माथागढी गाँउपालिका वडा नंं ३ को सराई फुटबल मैदानमा आयोजित अन्तरपालिका माथागढी कप फुटबल प्रतियोगिताको उपाधी रामपुर नगरपालिकाले जितेको छ ।
बुधबार सम्पन्न फाईनल खेलमा रामपुरले आयोजक माथागढी ए लाई ० को विरुद्ध १ गोल गर्दै उपाधी जितेको हो। माथागढी कपको उपाधि चुमेसंगै विजेता समूह रामपुरले १ लाख नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। यस्तै दोस्रो भएको आयोजक माथागढीले ७५ हजार र तेस्रो हुने तिनाउले ५० हजार नगदसहित पुरस्कार प्राप्त गरेका छ्न।
शुक्रबार शुरु भएको उक्त अन्तरपालिका फुटबल प्रतियोगितामा ६ टिमको सहभागिता रहेको थियो ।