विष्णु जिसी
माथागढी, पाल्पा । बतासचुली देवी प्रथामिक बिद्यालय माथागढी ७ ओखरिगौडा पाल्पाको ३७ औ बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ।
बार्षिक उत्सव कार्यक्रममा प्रमुख अतिथि माथागढी गाउपालिका वडा नं. ७ का अध्यक्ष जंग बहादुर दर्लामीले गुणस्तरीय र प्राविधिक शिक्षा आजको अवश्यकता भएको बताउनु भयो । उहाँले बार्षिक परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी, बर्षभरी नियमित उपस्थित हुने विद्यार्थी, सरसफाइमा ध्यान दिने विद्यार्थी, सबै भन्दा अनुशासित विद्यार्थी तथा बिद्यालयको बार्षिक उत्सवको अवरमा आयोजित विभिन्न खेलकुदमा सहभागी भएर विजेता भएका विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गर्नु भएको थियो ।
कार्यक्रममा बतासचुलि देवी प्रथामिक बिद्यालयका प्रधानाध्यापक सिमा थापाले बिद्यालयको शैक्षिक तथा आर्थिक विवरण प्रस्तुत गर्नु गर्नु भएको थियो।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रलाल नेपालीको सभापतित्वमा समपन्न कार्यक्रममा महेन्द्र नरेश मा.वि का प्रधानाध्यापक छविनद्र लाल वि.क, शिक्षक अभिभावक संघका अध्यक्ष अमर काम्मु र महेन्द्र नरेश ठाडेका शिक्षक केशव बारघरे लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा शिक्षक बुद्धि माया सिंह स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने बिद्यालयका शिक्षक हुम बहादुर सिं मगरले कार्यक्रम संचालन गर्नु भएको थियो।