भुवनपोखरी, पाल्पा। बाल विनोद आधारभूत विद्यालय रैनादेवी छहरा ३ भुवनपोखरी पाल्पाको स्वर्ण महोत्सव भव्य समारोहका साथ सम्पन्न भएको छ। स्वर्ण महोत्सवको अवसरमा विद्यालयको स्मृति स्तम्भको समेत उद्घाटन गरिएको थियो।
“समयसापेक्ष अनिवार्य गुणस्तरीय शिक्षा, हाम्रो विद्यालयको प्रतिवद्धता” भन्ने नारासहित सम्पन्न स्वर्ण महोत्सव समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष सक्माङ्गत भट्टराई, वडाअध्यक्ष प्रदिप पौडेल, विशिष्ट लेखापरीक्षक शिव पाण्डे, राम प्रसाद पाण्डे र सहायक शिक्षा अधिकृत राजाराम भाट लगायतले शिक्षा क्षेत्रको विकासका लागि सबैको सहकार्य आवश्यक रहने बताउनु भएको थियो ।
कार्यक्रममा स्थानीय सोरठी नाच, भजन, पञ्चे बाजा नृत्य जस्ता स्थानीय कला र संस्कृति झल्किने सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो । विद्यालय परिवार सल्लाहकार समितिका अध्यक्ष पुरुषोत्तम पोखरेलको अध्यक्षतामा सम्पन्न भएको समारोहको शिक्षक राजेन्द्र महराईले स्वागत तथा शिक्षक चन्द्रमणी पौडेलले सञ्चालन गर्नु भएको थियो ।