रिङ्नेरह, पाल्पा । पूर्वखोला गाउँपालिका वडा नं. ३ रिङ्नेरह पाल्पामा यही जेष्ठ ३ गते शनिबार विशेषज्ञ शिविर सञ्चालन हुने भएको छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशानुसार उक्त शिविर हुन लागेको हो । विशेष शिविरमा छाला रोग, दाँत तथा मुख रोग, महिला रोग सम्बन्धी सम्पूर्ण सेवाहरु, मनोरोग तथा नसा सम्बन्धी सेवा र जनरल मेडिसिनका सेवाहरु उपलब्ध हुने पूर्वखोला गाउँपालिकाका स्वास्थ्य  प्रमुख मोहन ढकालले बताउनु भयो ।

पूर्वखोला गाउँपालिकाले सूचना जारी गरी यही जेष्ठ ३ गते विहान १० बजे देखि उक्त सेवाहरु लिन उदबुद्ध मावि रिङ्नेरहमा उपस्थित हुन अनुरोध समेत गरेको छ ।