रुप्से, पाल्पा । कर्णधार माद्ययमिक विद्यालय रुप्से पाल्पाले आफ्नो स्थापनाको ७०औ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएकोछ ।
बिद्यालयका प्रधानअध्यापक राजन अधिकारीले बार्षिक प्रतिबेदन सार्वजनिक गर्दै यस बर्ष नयाँ २५ जना विद्यार्थी थपिएको जानकारी गराउनु भएको थियो । कक्षा ८ को परिक्षामा सार्वजनिक बिद्यालयहरुमा माथागढी भित्र प्रथम स्थान हासिल गर्ने बिद्यार्थी सान्ता सारुलाई प्रमुख अथिति माथागढी पालिकाका अध्यक्ष यम बहादुर चिदीले सम्मान गर्नु भएको थियो । प्रमुख अथिति चिदीले बिद्यालयको थप स्तरोन्नती गर्न पालिकाको सहयोग रहने बताउदै गुणस्तरिय शिक्षा प्रदान गर्न शिक्षकहरुलाई सुझाव दिनु भयो ।
कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष बोम बहादुर ठाडा, नेकपा एमाले जिल्ला कमिटी सदस्य तारा बहादुर सारु, नेपाली कांग्रेस रुप्सेका सभापति रामचन्द्र नेपाल, समाजसेवी डिल्लीराज काफ्ले लगायतका अथितिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
रामचन्द्र नेपाल र तारा बहादुर सारु गरिब तथा जेहेन्दार बिधार्थीको लागि भन्दै अक्षयकोष स्थापना लागि रकम घोषणा गर्नु भएको थियो बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष यानसिंह थापाको अध्यक्षता र शिक्षक समिर कोईरालाको संचालनमा सम्पन्न भएको थियो ।