खुम बहादुर पौडेल
हुमिन, पाल्पा । रम्भा गाउँ पालिका रोजगार सेवा केन्द्रको आयोजनामा वडा न ४ हुमिनमा स्थानीय रोजगार रणनीति सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ
स्थानीय स्तरमा रोजगारीका अवसरको खोजी , संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा रोजगारीको सम्भावना , अवसर , चुनौती र दिगोपनाका बारेमा छलफल चलाइएको थियो ।
कृषि , पशुपालन , तामाका भाडा निर्माण, होटेल ब्यबसाय हुमिन को सम्भावित रोजगारीको अवसर रहेको निश्कर्ष सहभागीहरुले निकालेका थिए ।
ब्यबसाय शुरुआतमा संचालन गर्न सकिएको तर निरन्तर टिकाइरहन नसकेको दुखेसो उनिहरुले राखेका थिए ।
कार्यक्रममा रम्भा ४ हुमिनको विभिन्न बस्तीमा गठन भएका टोल बिकास सस्थाका अध्यक्षहरु, जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधि गरि ३७ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै सहभागी नर बहादुर सारु, र यमकला खनाल लगायतले युवाहरु स्वरोजगार भए मात्र गाउँको बिकास सम्भब रहेको बताउदै ब्यबसाय संचालन गर्न इच्छुक ब्यक्तिहरुलाई अझ प्रेरणा , हौसला र आर्थिक प्राबिधिक सहयोग दिनुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा रम्भा गाउँ पालिका रोजगार केन्द्र संयोजक रबिन महर्जनले सहजीकरण गर्नु भएको थियो ।
निमित्त वडा सचिब मिलन काफ्लेको संचालन तथा वडा अध्यक्ष कृष्ण बहादुर रायमाझीको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।