विष्णु जिसी
माथागढी, पाल्पा । माथागढी गाउँपालिका वडा नं. १ चिदीपानी र वडा नं २ रुप्से पाल्पामा बालबालिकाहरुको कुपोषण खोजपड्ताल अभियान संचालन भई रहेको छ ।
माथागढी गाउँपालिकाको सबै वडाहरुमा ६ देखि ५९ महिना सम्मका बालबालिकाहरुको कुपोषण खोजपड्ताल अभियान अन्तर्गत चिदीपानी र रुप्सेमा अभियान सञ्चालन भएको रुप्से स्वास्थ्य चौकीका स्वास्थ्य प्रमुख विक्रम चिदीले बताउनु भयो ।

शिशु तथा बाल मृत्युको प्रमुख कारण कुपोषण रहेको, पुड्कोपन, ख्याउटेपन र कम तौलको अवस्था समयमा नै पत्ता लगाई आवश्यक व्यवस्थापन गर्न र कुपोषणको चक्रलाई तोड्नको लागि यो अभियान प्रभावकारी हुने अपेक्षा गरिएको पालिकाले जनाएको छ ।