तानसेन, पाल्पा । पाल्पा आवासिय माध्यमिक बिद्यालय तानसेनमा अतिरिक्त क्रियाकलाप अन्तर्गत फुड फेस्टिवल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बिद्यालयका बिद्यार्थी तथा शिक्षकहरुले बिभिन्न ३६ प्रकारका खानाका परिकार सहितका स्टलहरू राखेका थिए । कार्यक्रममा बिद्यालयका प्रिन्सिपल गोपाल बहादुर पिसीले गुणस्तरीय शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा समेत बिशेष जोड दिएको उल्लेख गर्नु हुदै अभिभावकहरुसँग नियमित भेटघाट तथा अन्तरक्रिया गरी बिद्यालयको शिक्षण क्रियाकलापलाई समय सापेक्ष बनाउँदै अगाडि बढाएको बताउनुभयो ।

कार्यक्रममा बिद्यालय संचालक समिति सदस्य शंकर प्रसाद शर्माले यसप्रकारका अतिरिक्त क्रियाकलापबाट बिद्यार्थीहरुमा रचनात्मक ज्ञान सीपको बिकास हुने बताउनुभयो । बिद्यालयका शिक्षक क्षितिज नेपालको सञ्चालन र बिद्यालय सञ्चालक समिति अध्यक्ष केदारलाल श्रेष्ठको अध्यक्षतामा औपचारिक कार्यक्रम चलेको थियो । कार्यक्रममा बिद्यालयका बिद्यार्थीहरुले गीत नृत्य प्रस्तुत गरेका थिए ।