राज कुमार आले
यतिबेला हेफरको आधारशिलाहरु मानविय जीवनमा सकारात्मक परिवर्तन ल्याउने कडिको रुपमा परिचित हुदै गएको छ । नवनोस पनि कसरी ? हेफरको १२ वटा आधारशिलाहरु गाउ‘ंटोलमा निकै महत्वको विषय बन्दै गएको छ । यो आधारशिला सैद्धान्तिक पक्ष मात्रै होईन यसले व्यवहारिक पक्षलाई निकै जोड दिएको छ । मानवलाई मानव भएर बॉच्न सिकाउने यी आधारशिलाहरु सॉच्चिकै प्रभावकारी बन्दै गएको हो । मानविय शरीरलाई गतिसिल बनाउन मेरुदण्डको भुमिका जति महत्वपुर्ण मान्निछ त्यसैगरी मानविय हक, हित, अधिकार र जगत भलोको रुपमा बलियो आधार स्तम्भको रुपमा यो आधारशिला रहेको छ ।

नामै काफी छ । आधारशिला । जसरी घरको जग वा आधारमा शिला (ढुंगा) राख्दा घर बलिायो हुन्छ । त्यसै गरि मानव पक्षमा सकारात्मक सोचको विकास गरी व्यवहारिक जिवन जिउनमा उत्तिकै महत्व बढेको छ आधारशिलाको । हेर्दा सुने जस्तो लाग्ने । बुझे जस्तो लाग्ने तर यसको गहिराईमा पुग्दा आफ्नो मनमा केही छुटे जस्तो केही अपुग भए जस्तो हुने र अब देखि यसको पालना गर्नु पछ भन्ने महसुस गराउने यस आधारशिलाको महत्वपूर्ण पक्ष नै हो । अर्को तिर सामुदायिक दिगो विकासका निम्ति यसले मानविय श्रमलाई मूल्यसंग जोड्नको लागि पनि यो आधारशिलाको भुमिका निकै महत्वपूर्ण बनेको छ ।

हेफरको आधारशिला के के हुन ? यसको मुल मर्म के हो ? यसको महत्व किन बढ्दै गएको ? यस गुनगान गाउटोल छिमेकमा किन हुन्छ ? जस्ता प्रश्नहरु र जिज्ञासा सबैमा जाग्नु त्यो स्वभाविकै हो । तलाउमा ढुंगा हान्दा तरंग उत्पन्न भए झै यो आधारशिलाले पनि मानव मनमा सकारात्मक कुरालाई जोड् दिई सबल र सफल जिवन जिउन यसले एक खालको तरंग पैदा गरी उत्प्रेरित गराउने यसको अर्को राम्रो पक्ष हो ।

आधाशिला बुझ्नु अगाडि के हो हेफर भनेको ?    यसलाई पहिला बुझ्न जरुरी छ । अमेरिकी कृषक स्व. डान वेष्ट स्पेनिस गृह युद्धको समयमा स्वयं सेवकको रुपमा गृह युद्धबाट पिडित बालवालिकाहरुको लागि राहात स्वरुप धुलो दुध बॉड्न्े कार्यमा जुटिरह‘दा अपर्याप्त राहत सामग्रीहरुबाट दिगो रुपमा समस्याको समाधान गर्न यो भने चिन्ताको विषय बन्यो ।

केही समयपछि स्व.वेष्टको एउटा विचार आयो । यि बालवाकिाहरुका लागि एक कप दुध भन्दा गाईनै आवश्यक भएको महसुस गरे । उनी यस विचारमा अडिग रही यसलाई मुर्तरुप दिन छलफल गर्दै सहयोग जुटाउन लागि परे । परिणाम स्वरुप सन् १९४४ मा डान वेष्ट र उहाका सहयोगीहरुले अमेरिकाका्े पेन्सिलभेनिया राज्यको योर्कबाट उत्तर अमेरिकाका प्यूर्टोरिकोमा १७ वटा कोरेली बाच्छिहरु (Heifer) वितरण गर्न सफल भए । यसरी गाईको बाच्छिहरु वितरण गरि सुरु गरिएको परियोजन भएकोले यस संस्थाको नामनै हेफर प्रोजेक्ट रहन गएको हो ।

नेपालमा हेफरको सुरुवात ?   नेपालमा हेफरले सन १९५७/५८ मा तात्कालिन श्री५को सरकारको अनुरोधमा दुई लटमा उन्नत नश्ल भेडा ५७वटा, बंगुर ६ वटा, जर्सि र ब्राउन स्विस गाई १०÷१० गरी २० वटा उपलब्ध गराएर सहयोगको सुरुवात गरेको थियो । सन् १९९३ देखि यसले आफ्नो कार्य तत्कालिन चितवनको गितानगर गा.वि.स वडा नं ९ बरुवामा २५ जनाका नमुना महिला बाख्रापालन समुह गठन गरी पाठापाठी सहित ७५ वटा बाख्रा सहितको परियोजना बरुवा बाख्रापालन परियोजनाको सुरुवात ग¥यो ।

सन् १९९५ मा नुवाकोट जिल्लाको सुनखानी गा.वि.स वडा नं १ गुरुङ्घ गाउँका सिर्जनसिल महिला समुह र सुनखानी गा.वि.स कै वडा नं २ थानाभञ्ज्याङ्घका कालिकादेवी महिला समुह लाई संयुक्त रुपमा ४१ वटा उन्नत जातका भैंसीहरुका् महिला भैंसीपालन परियोजना मार्फत आफ्नो कार्यको पुन विस्तार ग¥यो । सन् १९९७ बाट यसले नेपालमा तात्कालिन श्री ५ को सरकारको स्विकृतिमा समाज कल्याण परिषदसंग संझौता गरी आफ्नो नेपाल कार्यक्रमका् औपचारिक सुरुवात गरेको हो । जसलाई हेफर ईन्टरनेशनल नेपालबाट चिनिने गरिन्छ ।

हेफर ईन्टरनेशनलले सन् १९४४ देखि २०२० सम्म विश्वका १२६ राष्ट्रहरुका ३ करोड ६९ लाख गरिब घर परिवारहरुलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग पु¥याई सकेको छ । भने नेपालमा ४३ जिल्लामा २ लाख ७६ हजार घर परिवारहरु र २२६ वटा महिला सहकारीहरुमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गरिसकेको छ ।

के हो यसको मुख्य ध्येय ?    वास्तवमा हेफरको मुख्य ध्येय वा उद्देश्य भनेको भोक र गरिबी निवारणका साथै पृथ्वीको संरक्षण गर्न समुदायहरुसंग सहकार्य गर्नु रहेको छ । यो ध्येय पुरा गर्न सिद्धान्तको रुपमा यि आधारशिलाहरु प्रतिपादन भएका हुन ।

यस्ता छन् हेफरका आधारशिलाहरुः    हेफरका आधारशिलाहरु जिवन उपयोगी भएको र मानव भएर बॉच्न सिकाउने आधार स्तम्भ भएकोले यो आधारशिलाले ओझ बोकेको हो । कतै अवसर र समय मिले सबैले एक पटक यसको तालिम लिई आफ्नो व्यवहारिक जिवन परिवर्तनमा लाग्नु आजको आवश्यक्ता भएको छ ।

पहिलो आधारशिला हो उपहार प्रदानः साच्चि नै नाम सुने जस्तो, कतै आफुले कसैलाई उपहार दिए जस्तो लाग्ने तर वास्तविक्तामा पुग्दा अलि कम भए जस्तो लाग्ने भेटिन्छ । वास्तवमा उपहार प्रदान भनेको आफुसंग भएका वा उपहार स्वरुप आफुले प्राप्त गरेका विभिन्न किसिमका ज्ञान, सीप र चिज विज तथा बस्तु र सेवाहरु एकले अर्कालाई फिर्ता हुने आस नगरी, वास्तविक आवश्यक्ता भएकालाई उपहार स्वरुप दिदै जाने प्रक्रिया उपहार प्रदान हो ।

त्यस्तै दोस्रो आधारशिला उत्तरदायित्वः यो वास्तवमा जिम्मेवारीसंग जोडिएको छ । फरक फरक ठॉउ र भुमिका अनुसार आफूले पाएको जिम्मेवारी कर्तव्य निष्ठ भई समयमा नै उपयुक्त ढंगले पुरा गर्ने काम उत्तरदायित्व हो ।

तेश्रो आधारशिला बॉडीचु‘डी उपभोग र स्याहारः यसो हर्दा उपहरा प्रदान र बॉडीचु‘डी उपभोग र स्याहार उस्तै जस्तो लागेता पनि यसमा केही भिन्नता रहेको छ । उपहार प्रदान अरुको भलाई र प्रगतिको लागि गरिन्छ र फिर्ता पाउने आश गरिदैन भने बॉडीचु‘डी उपभोग र स्याहारमा आफुसंग भएको बेलामा दिने र नभएको बेलामा लिने पनि गरिन्छ र तत्कालको आवश्यक्ता पुरा गरिन्छ । जस्तै एक आपसमा दुःख सुःख, माया ममता र आवश्यक परेको बेला सर सल्लाह तथा सुझावहरु प्नि उपयुक्त ढंगले लिने र दिने गरिन्छ ।

चौथो आधारशिला दिगोपन र आत्मनिर्भरताः सम्पुर्ण आवश्यक्ता र चाहानाहरु आफ्नै पहलमा दिर्घकाल सम्म स्थानिय स्तरमा नै परिपुर्ति भई क्रियासिल भई रहने प्रक्रिया नै दिगोपन र आत्मनिर्भरता हो । उदाहरणको रुपमा सामुहिक काम अनि मासिक बचतलाई लिन सकिन्छ । समुहमा आवद्ध सदस्यहरुले मासिक बचत र सामुहिक काम (धान रोप्ने, बाटो खन्ने, देउसी भैलो) बाट संकलित रकम जम्मा गरि कोष बढाई यसको परिचालन गर्दै आत्मनिर्भर हुदै गएको छ । उता विभिन्न संघ संस्थाहरु संग सम्पर्क र समन्वय गरी समुदायका सदस्यहरुमा चेतना जगाई सीप विकास गर्दै स्थानिय श्रोत साधनको परिचालनबाट आय मुलक कार्यतर्फ उन्मुख गराउने काम यहि आधारशिलाले गराउ‘छ । जसको श्रेय हेफरलाई जाने गरेको छ ।

पॉचौं आधारशिला पशु तथा स्रोतको उचित व्यवस्थापनः पशु प्रति मानव व्यवहार र हेराईमा सकारात्मक परिवर्तन ल्याउने हो भने पशुले मन्ग्य आम्दानी दिनेमा कुनै दुईमत छैन । पशुबाट मलमुत्र, मासु, पैसा, दुध, उत्प्रेरणा, भारी बोक्ने औजारको रुपमा प्रयोग, औषधी तथा पोषण जस्ता अन्य महत्वपुर्ण सरसामानहरु प्राप्त हुन्छ । त्यसैले पशुलाई जिवित बैंक रुपमा लिएको पाईन्छ । त्यसैले पशुलाई परिवारको सदस्य सम्झेर माया र स्याहार गर्नु पर्ने यो आधारशिलाले सिकाउ‘छ ।

छैठौ आधारशिला पोषण, स्वास्थ्य र आय आर्जनः पशुबाट प्राप्त हुने पशुजन्य खाद्य पदार्थ पारिवारिक पोषणमा प्रयोग गर्न त्यसको बॉकी अंश तथा उत्पादन वृद्धिबाट प्राप्त आर्थिक उपार्जनले शिक्षा, थप पोषण, स्वास्थ्य र आवास जस्ता कार्यमा खर्च गरी बॉकी भएको आय तथा बस्तुहरुलाई आयआर्जनमा लगानी गर्न यो आधारशिलाले जोड् दिने गरेको छ ।

सातौ आधारशिला लैंगिक र परिवार केन्द्र विन्दुः महिला र पुरुषहरु प्रति समाजले बनाएको सोच, दृष्टिकोण, धारणा, तथा मानसिकता, विश्वास एवं मूल्य मान्यता र व्यवहारलाई नै लैंगिक भन्ने गरिएको छ । खास गरि समाजमा विद्यमान महिला र पुरुष बिचको नकारात्मक विभेदको अन्त्यलाई यस आधारशिला प्रसय दिएको छ ।

आठौं आधारशिला वास्तविक आवश्यक्ता र न्यायः सॉच्चिकै खाँचो भएका, जीवनस्तर सुधार्ने मौका नपाएकाहरु तथा सामान्य सहायताबाट पनि उल्लेखनिय रुपमा लाभान्वित हुन सक्ने समुहमा आवद्ध सदस्यलाई पहिलो प्राथमिकता दिई उपहार प्रदान गर्नु पर्ने र कुनै जात, धर्म, लिंग र राजनैतिक आस्थाको आधारमा भेदभाव गरिनु हुदैन भन्ने कुरा यो आधारशिलाले सिकाएको छ ।

नवौ आधारशिला वातावरण सुधारः आफ्नो घर परिवार, समुह तथा समुदाय र यस पृथ्वीमा भएका सम्पुर्ण प्राकृतिक तथा मानव निर्मित सजिव र निर्जीव दुवै वस्तुहरुको उचित व्यवस्थापन गरी सभ्य र समुन्नत समाजको निर्माण गर्नु यो आधारशिलाको महत्वपुर्ण पक्ष हो ।

दशौ अधारशिला पूर्ण सहभागिताः समुहमा आवद्ध सबैलाई समुह गठन, छलफल र निर्णय प्रक्रिया, बचत संकलन र परिचालन, स्व समिक्षा तथा मुल्याँकन जस्ता प्रक्रियामा कार्य योजना तर्जुमा र कार्यान्वयनमा समानरुपले सहभागी गर्ने गराउने काम यो आधारशिलाले गरेको छ । त्यसैले कुनै काम सम्पन्न गर्न सबै सरोकारवालाहरुको जिम्मेवारी सहितको योगदान गर्नका लागि भौतिक र मानसिक दुवै रुपले सबै सहभागी हुनु पर्ने कुरा यो आधारशिलाले सिकाएको छ ।

एघारौ आधारशिला तालिम, शिक्षा र सञ्चारः वास्तवमा औपचारिक र अनौपचारिक दुवैरुपबाट तालिम, शिक्षा र सञ्चारका विभिन्न माध्यमका अतिरिक्त बैठक, गोष्ठि, छलफल तथा कुराकानी, अध्ययन, अवलोकन, भ्रमण तथा विभिन्न किसिमका अन्तरक्रियाहरुबाट मानव जीवनलाई थप गुणस्तरिय बनाउन आवश्यक पर्ने विभिन्न किसिमक ज्ञान,सीप, धारणा र असल तथा जीवन उपयोगी कुराहरु व जानकारीहरु प्रभावकारी ढंगले लिनुदिनु यो आधारशिलाले अंगिकार गरेको छ । तालिम, शिक्षा र सञ्चार विनाको मानविय जीवन अधुरो र अपुरो रहने हुन्छ त्यसैले जीवन सार्थक बनाउन यो आधारशिलाको योग्दान महत्वपुर्ण रहेको छ ।

बाह्रौ आधारशिला आध्यात्मिक्ताः यो आधारशिला मानव विश्वाससंग जोडिएको छ । जीवन र जगतमा जे जति प्राणीहरु छन् ति सबैको अस्तित्व स्विाकार्दै कुनै पनि जात–जाती, धर्म, लिंग, रंग, भुगोल तथा आस्था र मूल्य–मान्यताका आधारमा कुनै किसिमको विभेद नगरी आपसमा भएका साझा आस्था र विश्वास अनुसार सबैले सबैलाई हित गर्न अभिप्रेरित भई सत्य, धर्म, शान्ति, प्रेम र अहिंसाको भावना र सो अनुसारको कार्यउन्मुख व्यवहार गर्न गराउन यो आधारशिलाले सबैलाई सिकाएको छ ।

किन लिने हेफरको आधारशिला तालिम ? के हो यसको मुल मर्म ?     मानव जीवनलाई सुखमय बनाउन, शान्तिपुर्ण समाजको स्थापना, सहअस्तित्व, प्रेम र सदभावको भावना जागृत गराउन यो आधारशिला निकै ओजिलो बन्दै गएको छ । त्यसैले आधारशिलाहरु मानव र जगत हितमा भएकोले तालिम लिई यसको अनुसरण गर्नु हामी सबैको कर्तव्य हो । अहिले हेफर अन्तर्गतका विभिन्न परियोजनाहरु मात्रै नभएर विभिन्न अरु थप संघ संस्थाले पनि यस चासो दिई स्वलगानिमा आधारशिलाको तालिमको आयोजना गरी सकारात्मक मानविय जीवन परिवर्तनमा लागेको छ त्यसैले यसको महत्वपुर्ण श्रेय हेफरलाई नै जान्छ । यसको मुल मर्मको रुपमा भोकालाई एक छाक भोजन होइन जिउने जुक्ति सिकाऔं भन्ने नै हो । त्यसैले आर्थिक सम्वृद्धि र समुन्नत समाज निर्माणको लागि लिनै पर्ने हुन्छ हेफरका आधारशिला तालिम । लिने होइन त अब………….!
(राजकुमार आले, समाज उत्थान सहयोग केन्द्र देवीनगर ,पाल्पाका कार्यक्रम संयोजक हुनुहुन्छ)