पूर्वखोला , पाल्पा । पूर्वखोला कृषि तथा पशु विकास परियोजना अन्तर्गत रहेको २० वटा महिला समुहहरुमा र ४ वटा युवा समुहहरुमा हेफरको आधारशिला तालिम सम्पन्न भएको छ ।

पूर्वखोला गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा समाज उत्थान सहयोग केन्द्र नेपालको सहजिकरणमा यो तालिम सम्पन्न भएको हो । तालिमको उद्घाटन सत्रमा बोल्दै पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले आधारशिला तालिमले सकारात्मक सोचाईको विकाससंगै व्यवहारिक जिवन जिउन सिकाउने बताउनुभयो ।

उहाँले यो तालिमले मानव हित र आर्थिक सम्वृद्धिसंगै समुन्नत समाज निर्माणमा सहयोग पु¥याउने समेत बताउनु भयो । यो तालिम सरोकारवालाहरुको लागि समेत सञ्चालन गरिएको थियो । तालिम एउटा समुहमा ३ दिन सम्म सञ्चालन भएको थियो । यो तालिमबाट हालसम्म ५६६ जना लाभान्वित भएको समाज उत्थान सहयोग केन्द्र देवीनगर पाल्पाका कार्यक्रम संयोजक राजकुमार आलेले बताउनु भयो ।