रामपुर, पाल्पा । आगामी २०८३ साल मंसिर ५ गते बालमैत्री स्थानीय शासन घोषणा गर्ने लक्ष्यका सहित रामपुर नगरपालिका पाल्पाले विभिन्न कार्यक्रमहरुलाई तिव्रता दिएको छ ।
नगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्नका लागि विभिन्न वडाहरुमा समिति गठन, बाल क्लव गठन, घरधुरी सर्वेक्षण, बालबालिकाको पारिवारिक, आर्थिक र शैक्षिक अवस्था पहिचान लगायतका कार्यक्रमहरु गरिरहेको छ । बालमैत्री स्थानीय शासनका ५१ वटा सुचकका आधारमा वडा वडामा कार्यक्रम भएको नगरपालिकाले जनाएको छ ।
वडा नं.२ मा बालमैत्री स्थानीय शासन लागु गर्नका लागि आवश्यक सुचक पुरा गर्न विभिन्न कार्यक्रम सम्पन्न गरी वडालाई बालमैत्री स्थानीय शासन घोषणाको अन्तिम चरणमा रहेको छ भने अन्य वडामा पनि सुरु गरिएको छ।
बालबालिकाको अवस्था पहिचानका लागि रामपुर नगरपालिका भित्रका वडामा खटिने गणकहरुलाई अभिमूखिकरण समेत प्रदान गरिएको छ । नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं।१ का अध्यक्ष कपिल बहादुर खाँणले नगरपालिकाको दिगो विकास र समृद्ध नगर निर्माणका लागि बालबालिका केन्द्रितको बालमैत्री कार्यक्रम लागु गर्न आवश्यक रहेको भन्दै बालमैत्री स्थानीय शासन घोषणाले यो लक्ष्य प्राप्त गर्ने बताउनु भयो ।