पूर्वखोला, पाल्पा । सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने कानुन बनाएर कार्यान्वयन प्रक्रियामा अघि बढिरहेको नेपालमै पहिलो स्थानीय तह पूर्वखोला गाउँपालिका पाल्पाले कानुनको प्रभावकारी कार्यान्वयनका लागि बहुपक्षीय अन्तर्किया कार्यक्रम सम्पन्न गरेकोछ ।

उद्बुद्व कलेजको हलमा सम्पन्न कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले सुर्तीजन्य पदार्थको नियन्त्रण गर्न गाउँपालिकाले कानुन बनाईसकेको र यसको कार्यान्वयनमा सबै पक्षको साथ र सहयोग लिएर अघि बढ्ने बताउनु भयो ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी डा. भक्त बहादुर केसी र सुर्तीजन्य पदार्थ नियन्त्रणका प्रमुख अभियान्ता एक्सन नेपालका आनन्द बहादुर चन्दले सहजीकरण गर्नुभएको कार्यक्रममा सुर्तीजन्य पदार्थको प्रयोगबाट मानव स्वास्थ्यमा पर्ने असर र यसको न्यूनीकरण गर्न अपनाउन सकिने उपायहरु लगायतको विषयमा प्रशिक्षण गरिएको थियो । यस्तै कानुनको प्रभावकारी कार्यान्वयनका लागि सहभागीहरुबाट सुझाव संकलन तथा कार्ययोजना निर्माण गरि ११ बुँदे प्रतिबद्वता पत्रमा हस्ताक्षर समेत गरिएको प्रबक्ता मेहर सिं थापाले बताउनु भयो ।

पूर्वखोला गाउँपालिका पाल्पाको आयोजना तथा सञ्जीबनी हेल्थ मिडिया प्रालिको सह आयोजनामा सम्पन्न उक्त कार्यक्रममा पूर्वखोला गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख मोहन ढकालले गाउँपालिकाको स्वास्थ्य सम्बन्धि तथ्यांक प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भागिरथी भट्टराई ,माथागढी गाउँपालिका अध्यक्ष याम बहादुर चिदि , रम्भा ५ का वडाध्यक्ष खुमकान्त बस्याल, उद्बुद्व कलेजका प्रमुख हरि प्रसाद न्यौपाने, शिक्षक महासंघ पूर्वखोलाका अध्यक्ष रमेश चन्द्र न्यौपाने, विभिन्न राजनितीक दलका प्रमुख तथा प्रतिनिधी, विभिन्न वडाका जनप्रतिनिधिहरू, विभिन्न स्वास्थ्य चौकीका प्रमुख तथा स्वास्थ्यकर्मीहरू, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, ईलाका प्रहरी कार्यालय पूर्वखोलाका प्रमुख, पत्रकार, नागरिक समाज, बुद्धिजीवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सञ्जीवनी हेल्थ मिडिया प्रालिका सम्पादक राम प्रसाद न्यौपानेले गर्नुभएको थियो । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार नेपालमा वार्षिक ३९ हजार २ सय मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनबाट हुने गरेको र यसको प्रयोगबाट लुम्बिनीको प्रदेशमा सबैभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ ।